नारायणीको बहाव बढेपछि सुस्ताका बाढी प्रभावितको उद्धार

नारायणीको बहाव बढेपछि सुस्ताका बाढी प्रभावितको उद्धार

नवलपरासी । निरन्तरको वर्षाका कारण नारायणी नदीको बहाव बढेपछि नवलपरासीको सुस्ता–५ स्थित थारूटोल डुबानमा परेको छ।

बस्ती डुबानमा परेसँगै जोखिममा रहेका स्थानीयवासीलाई नेपाली सेनाको गोरखदल गणबाट खटिएको विपद् प्रतिकार्य तथा उद्धार टोलीले उद्धार गरेको छ।

सेनाको टोलीले अन्य सुरक्षा निकायसँग समन्वय गरी बाढी प्रभावित तथा जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो।

नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि नदी आसपासका बस्तीमा जोखिम बढेको जनाइएको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले नदी किनार र डुबान प्रभावित क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply