काठमाडौं । नेपालले पश्चिम अफ्रिकी मुलुक सेनेगलसँग औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। यससँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने मुलुकको संख्या १८८ पुगेको छ।
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त सहमतिमा दुवै देशका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।
कूटनीतिक सम्बन्ध स्थापनासँगै नेपाल र सेनेगलबीच द्विपक्षीय सहकार्य तथा आपसी सम्बन्ध विस्तारका लागि नयाँ बाटो खुलेको छ। दुई देशले पारस्परिक हितका विषयमा सहकार्य अघि बढाउने अपेक्षा गरिएको छ।
सेनेगलसँगको सम्बन्धले नेपाललाई अफ्रिकी मुलुकहरूसँगको कूटनीतिक सम्बन्ध थप विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
नेपालले पछिल्ला वर्षहरूमा विभिन्न मुलुकसँग कूटनीतिक सम्बन्ध विस्तार गर्दै आएको छ। सेनेगलसँग सम्बन्ध स्थापना भएपछि नेपालको औपचारिक कूटनीतिक सम्बन्ध कायम भएका देशको संख्या १८८ पुगेको हो।