आज राति यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज राति यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज राति देशका विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान गरिएको छ। त्यस्तै, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्का अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

भारी वर्षा र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply