कांग्रेसको १५औँ महाधिवेशन तयारी तीव्र, विभिन्न जिल्लामा यस्तो चल्दैछ प्रक्रिया

कांग्रेसको १५औँ महाधिवेशन तयारी तीव्र, विभिन्न जिल्लामा यस्तो चल्दैछ प्रक्रिया

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा अधिवेशनको प्रक्रिया अघि बढेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन हुँदैछ। त्यसअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेको छ भने गाउँ तथा नगर अधिवेशन पनि जारी छ।

कांग्रेसका अनुसार असोज १० देखि १३ गतेसम्म सञ्चालन हुने प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनअन्तर्गत मनाङ, मुस्ताङ र बैतडीमा अधिवेशन सम्पन्न भइसकेको छ।

त्यस्तै संखुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुम पूर्व, रोल्पा, रुकुम पश्चिम, जुम्ला, डोटी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरमा उद्घाटन सत्र सुरु भई निर्वाचन प्रक्रिया अघि बढिरहेको कांग्रेसले जनाएको छ।

कांग्रेसको १५औँ महाधिवेशनका लागि निर्धारित कार्यतालिकाअनुसार बाँकी अधिवेशनहरू पनि क्रमशः सम्पन्न गर्ने प्रक्रिया अघि बढाइएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply