रसुवा–भोटेकोशी बाढीपछि खोज, उद्धार र राहतबारे संयुक्त बैठक

रसुवा–भोटेकोशी बाढीपछि खोज, उद्धार र राहतबारे संयुक्त बैठक

काठमाडौं । रसुवा–भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहत कार्यको समन्वयका लागि गठित परिचालन टोली र विषयगत मन्त्रालयका प्रतिनिधिबीच संयुक्त बैठक आज पनि बसेको छ।

बैठकमा पछिल्लो समय देशका अधिकांश स्थानमा भइरहेको वर्षाका कारण विभिन्न क्षेत्रमा परेको प्रभावबारे समीक्षा गरिएको छ।

बाढीपछि अवरुद्ध भएको रसुवाको सडक सम्पर्क पुनःस्थापना गर्न भइरहेका प्रयासको पछिल्लो अवस्थाबारे सडक विभागका उच्च अधिकारीहरूले बैठकमा जानकारी गराएका थिए।

त्यस्तै, केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र रसुवा बाढीबाट प्रभावित रसुवा, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारीबीच अनलाइनमार्फत छलफल भएको छ।

छलफलका क्रममा रसुवा बाढीका लाभग्राही पहिचान तथा उनीहरूको विवरण कायम गर्ने लगायतका विषयमा आवश्यक समन्वय र आगामी कार्ययोजनाबारे कुराकानी भएको जनाइएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply