बुटवल । तिनाउ नदीको बुटवलस्थित जलमापन केन्द्रमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगेको छ। नदीमा बाढीको बहावसमेत बढ्दो क्रममा रहेकाले आसपासका क्षेत्रमा जोखिम बढेको छ।
बाढी पूर्वानुमान महाशाखाले असोज १० गते राति ८ बजे सूचना जारी गर्दै तिनाउ नदीको तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
महाशाखाका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै भोलि साँझसम्म विशेष सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ।
नदी आसपासका बस्ती तथा होचा भूभागमा रहेका नागरिकलाई नदीको बहाव बढेको अवस्थामा सुरक्षित स्थानतर्फ जान र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।