पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा । लगातारको वर्षापछि आएको पहिरोले माथागढी गाउँपालिका–३ भसकट्टामा एक घर पुरिँदा तीन जना बेपत्ता भएका छन्।

आइतबार बिहान करिब ४ः३० बजे खसेको पहिरोले लिलबहादुर घर्ती मगरको घर पुरिएको हो। घरभित्र रहेका लिलबहादुरसहित उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती सम्पर्कविहीन भएका छन्।

पहिरोले घर पुरिएपछि उनीहरूको अवस्था अज्ञात बनेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।

लगातारको वर्षाका कारण पाल्पाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply