कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो

कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो

पर्वत । कालीगण्डकी नदीको जलस्तर बढेपछि पर्वतको जलजला गाउँपालिका–८ फर्से बस्तीमा ठूलो क्षति भएको छ। नदीमा आएको बाढी बस्तीमा पस्दा २५ वटा घर बगेका छन्।

फर्सेमा करिब ८० घर रहेकोमा तीमध्ये २५ घर बाढीले बगाएको प्रारम्भिक जानकारी आएको छ। बाँकी घरसमेत जोखिममा रहेको बताइएको छ।

बाढीको जोखिम बढेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। हालसम्म घटनामा मानवीय क्षति भएको जानकारी भने प्राप्त भएको छैन।

बाढी र पहिरोका कारण घटनास्थलसम्म पुग्ने अवस्था सहज नरहेकाले प्रहरी टोली तत्काल पुग्न नसकेको जनाइएको छ। फर्से प्रहरी चौकी मिलनचोकबाट करिब ६ किलोमिटर पूर्वतर्फ पर्छ।

घटनाको थप विवरण तथा क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply