लुभुमा भएको स्कुटर दुर्घटनाले निम्त्यायो दुःखद घटना, युवकको मृत्यु

लुभुमा भएको स्कुटर दुर्घटनाले निम्त्यायो दुःखद घटना, युवकको मृत्यु

ललितपुर । लुभुमा भएको स्कुटर दुर्घटनामा एक युवकको ज्यान गएको छ। महालक्ष्मी नगरपालिका–६, लुभुस्थित भाटभटेनी नजिकै स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा बा.प्र.०२–०५९ प २९३८ नम्बरको स्कुटर परेको थियो। दुर्घटनामा सिराहा घर भई हाल महालक्ष्मी नगरपालिका–४, बोजेपोखरी बस्दै आएका २६ वर्षीय आषिश मगर गम्भीर घाइते भएका थिए।

घाइते मगरलाई तत्काल उपचारका लागि किष्ट अस्पताल पुर्‍याइएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटना हिजो भएको र दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply