शारदा नदीमा बढ्यो पानीको बहाव, बनबसा ब्यारेजबाट आवागमन रोकियो

शारदा नदीमा बढ्यो पानीको बहाव, बनबसा ब्यारेजबाट आवागमन रोकियो

कञ्चनपुर । शारदा नदीमा पानीको बहाव उच्च भएपछि भारतको बनबसा ब्यारेजमा आवागमन रोकिएको छ। पहाडी क्षेत्रमा भइरहेको भारी वर्षाका कारण नदीमा पानीको मात्रा निरन्तर बढिरहेको जनाइएको छ।

आज बिहान ८ बजेको मापनअनुसार बनबसा ब्यारेजमा पानीको बहाव १ लाख ४० हजार क्युसेकभन्दा माथि पुगेको छ। बहाव १ लाख क्युसेक नाघेपछि ब्यारेजको सुरक्षालाई ध्यानमा राख्दै आवागमन बन्द गर्ने व्यवस्था रहेको बताइएको छ।

पानीको बहाव अझै बढिरहेको अवस्थालाई मध्यनजर गर्दै हाल ब्यारेजबाट हुने आवागमन पूर्ण रूपमा रोकिएको छ। यसबाट नेपाल–भारत आवतजावत गर्ने यात्रुसमेत प्रभावित भएका छन्।

सम्बन्धित निकायले अत्यावश्यक कामबाहेक बनबसा ब्यारेजको बाटो प्रयोग नगर्न आग्रह गरेको छ। नदीको जलस्तर बढिरहेकाले सम्भावित जोखिमबाट जोगिन सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply