मनाङको हिम्लुङ हिमाल क्षेत्रमा हिमपहिरो, दुई जनाको शव भेटियो

मनाङको हिम्लुङ हिमाल क्षेत्रमा हिमपहिरो, दुई जनाको शव भेटियो

काठमाडौं । मनाङको हिम्लुङ हिमाल बेसक्याम्प क्षेत्रमा हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको छ। घटनापछि उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको छ।

हिमपहिरोमा परेकामध्ये दुई जनाको शव फेला परेको जनाइएको छ। घटनामा अन्य व्यक्ति समेत प्रभावित भएको हुन सक्ने भएकाले खोजी तथा उद्धार टोलीले आसपासको क्षेत्रमा खोजी गरिरहेको छ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ। उद्धार कार्य पूरा भएपछि हिमपहिरोमा परी प्रभावित भएका व्यक्तिको संख्या तथा घटनाको थप विवरण खुल्ने बताइएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply