नारायणी उर्लिएपछि बगाउँदै ल्यायो एउटा ठूलो संरचना, पुलमै आएर अड्कियो

नारायणी उर्लिएपछि बगाउँदै ल्यायो एउटा ठूलो संरचना, पुलमै आएर अड्कियो

चितवन । नारायणी नदीमा आएको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुज सिप बगाएर ल्याएको छ। बाढीले बगाएको उक्त क्रुज सिप नारायणी पुलमा आएर अड्किएको छ।

नदीको बहाव बढेपछि किनारमा सुरक्षित रूपमा बाँधेर राखिएको क्रुज सिप बाढीको तीव्र बहावसँगै बगेर पुलसम्म पुगेको हो।

क्रुज सिप पुलमा अड्किएपछि नदीको बहाव तथा पुलको संरचनामा समेत थप जोखिम सिर्जना हुन सक्ने देखिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply