हर्क साम्पाङको दाबी– ‘श्रम संस्कृतिको सरकार गठन गर्नुस्, कल्पनाबाहिरको काम गरेर देखाउँछौँ’

हर्क साम्पाङको दाबी– ‘श्रम संस्कृतिको सरकार गठन गर्नुस्, कल्पनाबाहिरको काम गरेर देखाउँछौँ’

काठमाडौं । सांसद हर्क साम्पाङले ‘श्रम संस्कृतिको सरकार’ गठन गर्न आग्रह गर्दै त्यस्तो शासन आए आफूहरूले कल्पनाभन्दा बाहिरका काम गरेर देखाउने बताएका छन्।

उनले श्रमलाई केन्द्रमा राखेर सरकार गठन गर्नुपर्नेमा जोड दिँदै त्यस्तो सरकार आए काममार्फत परिणाम देखाउने दाबी गरेका छन्।

साम्पाङले भने, “श्रम संस्कृतिको सरकार तपाईंहरूले गठन गरिदिनुस्। श्रम संस्कृतिको शासन आएको दिन… काम नाथे त यस्तो गर्छौँ हामी, यस्तो गर्छौँ, यसरी गरेर देखाउँछौँ। कल्पना बाहिरको काम हामी गरेर देखाउँछौँ।”

उनको भनाइमा श्रम संस्कृतिलाई शासनको आधार बनाएर अघि बढे विकास र काम गर्ने शैलीमा परिवर्तन ल्याउन सकिने दाबी गरिएको छ।

 

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply