बिहानै पर्वतमा खस्यो सुख्खा पहिरो, घरभित्र च्यापिएका वृद्धको यसरी भयो उद्धार

बिहानै पर्वतमा खस्यो सुख्खा पहिरो, घरभित्र च्यापिएका वृद्धको यसरी भयो उद्धार

पर्वत । पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा सुख्खा पहिरो खस्दा घरभित्र च्यापिएका एक वृद्धको उद्धार गरिएको छ।

मंगलबार बिहान करिब साढे ५ बजेतिर माथिल्लो भागबाट ढुंगा र माटोसहितको पहिरो खसेपछि करिब ६५ वर्षीय आत्माराम आचार्य घरभित्रै च्यापिएका थिए। घटनाको जानकारी पाएलगत्तै उद्धारमा खटिएको टोलीले उनलाई सुरक्षित रूपमा बाहिर निकालेको हो।

उद्धारका क्रममा आचार्यको दाहिने आँखामाथिको भाग र टाउकोमा चोट लागेको पाइएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।

घटनापछि थप उपचारका लागि उनलाई म्याग्दीस्थित प्रदेश अस्पताल बेनी पठाइएको छ। उद्धार गरिएका आचार्य बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply