भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहसँग गरे विदाई भेट

भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहसँग गरे विदाई भेट

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग विदाई भेट गर्नुभएको छ।

नेपालमा आफ्नो राजदूतको कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहनुभएका श्रीवास्तव मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्नुभएको थियो। त्यहाँ उहाँले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभएको हो।

भेटका क्रममा नेपाल–भारत सम्बन्ध तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको जनाइएको छ। श्रीवास्तवको कार्यकाल पूरा भएपछि उहाँ नेपालबाट फर्किन लाग्नुभएको हो।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply