Lions Club of Nepal Journalist को आयोजनामा रक्तदानसहित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Lions Club of Nepal Journalist को आयोजनामा रक्तदानसहित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । काठमाडौंको भत्केको पुल, चाबहिलस्थित Fit Factory Wellness मा Lions Club of Nepal Journalist को सहकार्यमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

Lions Club of Nepal Journalist, ELAB र Fit Factory Wellness को सहकार्यमा बुधबार आयोजना गरिएको रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर बिहान
११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको थियो ।

शिविरमा रक्तदानसँगै सर्वसाधारणका लागि विभिन्न स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्शको व्यवस्था गरिएको थियो । शिविरमा सहभागीहरूले सुगर, युरिक एसिड र कोलेस्ट्रोल परीक्षण निःशुल्क गराउन पाएका थिए ।

त्यस्तै, सामान्य स्वास्थ्य जाँच, ल्याब परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्यसम्बन्धी परामर्शसमेत उपलब्ध गराइएको थियो । स्वास्थ्य परीक्षणसँगै सहभागीलाई नियमित स्वास्थ्य परीक्षणको महत्व र स्वस्थ जीवनशैलीका विषयमा आवश्यक जानकारी तथा परामर्श दिइएको थियो ।

शिविर अवधिभर इन–हाउस ल्याब परीक्षणमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । यसबाट स्वास्थ्य परीक्षण गराउन आएका सर्वसाधारणले विभिन्न ल्याब परीक्षणमा छुटको सुविधा समेत पाएका थिए ।

‘स्वस्थ जीवन, समृद्ध नेपाल’ भन्ने सन्देशसहित आयोजना गरिएको कार्यक्रममा रक्तदानमार्फत सामाजिक सेवामा योगदान पुर्‍याउने तथा सर्वसाधारणलाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

कार्यक्रम Lions Club of Nepal Journalist, District 325 F, Nepal को सहकार्यमा सम्पन्न भएको हो ।

 

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply