काठमाडौँ । नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
राजदूत अर्न्स्टले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा दुई देशबीचको सम्बन्ध तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको जनाइएको छ। भेटवार्तामा नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।
प्रधानमन्त्री शाहसँग राजदूत अर्न्स्टको भेटवार्ताको तस्वीर प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको छ।
यसअघि पनि राजदूत अर्न्स्टले नेपालका विभिन्न उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्दै दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार, आर्थिक सहकार्य तथा विकासका विषयमा छलफल गर्दै आएका छन्।