रामेछाप । नाबालिका छात्रालाई परीक्षामा पास गराइदिने प्रलोभन देखाएर यौन दुर्व्यवहार गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्दै आएका ४८ वर्षीय नवराज भण्डारी रहेका छन्।
प्रहरीका अनुसार भण्डारीले आफूले अध्यापन गराउँदै आएको १३ वर्षीया छात्रालाई परीक्षामा पास गराइदिने भन्दै फकाउने तथा संवेदनशील अंगमा छुने र चिमोट्ने गरेको आरोप छ।
त्यस्तै, उनले फेसबुक मेसेन्जरमार्फत अश्लील फोटो, भिडियो तथा सन्देश पठाउनेलगायतका गतिविधि गर्दै पटक–पटक बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले भण्डारीलाई २०८३ असोज १४ गते पक्राउ गरेको हो। पक्राउपछि उनलाई रामेछाप जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि आठ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।