बुटवलमा अचानक पड्कियो पेस्तोल, तीन जना पक्राउ

बुटवलमा अचानक पड्कियो पेस्तोल, तीन जना पक्राउ

बुटवल । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार असोज १७ गते दिउँसो करिब ३ः४५ बजे देवदह नगरपालिका–५ का ४२ वर्षीय दिपक खरेल भन्ने दुर्गाप्रसाद खरेलले पेस्तोलबाट एक राउण्ड गोली फायर गरेका थिए।

गोली लागेर बुटवल उपमहानगरपालिका–९ मिलनचोक बस्ने २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका छन्। उनको दाहिने गालाको छाला गोलीका कारण खोसिएको र देवदह मेडिकल कलेज, भलुहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले घटनामा संलग्न रहेको आरोपमा दुर्गाप्रसाद खरेलसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा देवदह–५ मितेरी गाउँका ४२ वर्षीय दुर्गाप्रसाद खरेल, ३८ वर्षीय कमल शर्मा र १८ वर्षीय अमृत खरेल रहेका छन्।

प्रहरीले खरेलको साथबाट एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply