दुर्घटनामा परेको मोटरसाइकल, चालकको साथबाट पेस्तोल बरामद

दुर्घटनामा परेको मोटरसाइकल, चालकको साथबाट पेस्तोल बरामद

सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट पेस्तोल बरामद भएको छ।

जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गरेको BR30Y 2853 नम्बरको मोटरसाइकल २०८३ असोज १९ गते राति करिब १ बजे आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा कबिलासी नगरपालिका–३ मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर घाइते भएका छन्। उनको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि जाँच गर्ने क्रममा ठाकुरको साथबाट सिक्सर पेस्तोल एक थान फेला परेको थियो। प्रहरीले पेस्तोल बरामद गरी ठाकुरलाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply