फुटबल मैदाननजिक प्रहरी पुग्दा भेटियो यस्तो सामान, एक जना पक्राउ

फुटबल मैदाननजिक प्रहरी पुग्दा भेटियो यस्तो सामान, एक जना पक्राउ

बारा । बाराको निजगढ नगरपालिका–११ रतनपुर पश्चिम टोलस्थित फुटबल मैदाननजिकबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

२०८३ असोज २० गते बिहान करिब १०:४५ बजे इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले स्थानीय ३९ वर्षीय शम्शेर रुम्बालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनको साथबाट बारुद लोड गरिएको एक थान भरुवा बन्दुक बरामद भएको छ।

त्यस्तै, सेतो प्लास्टिकको डब्बामा राखिएको बारुदजस्तो देखिने करिब ८० ग्राम पदार्थ, बारुद बनाउन प्रयोग हुने पटका जस्तो देखिने सानो प्याकेट तथा बाँसको टुक्रामा प्लास्टिकको डोरी र रबरको ट्युबले बाँधेर बनाइएको एक थान पासोसमेत बरामद भएको प्रहरीले जनाएको छ।

रुम्बाविरुद्ध इलाका प्रहरी कार्यालय निजगढमा हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरिएको छ। बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply