काठमाडौं । ललितपुरको कुपण्डोलमा वर्षासँगै आएको हावाहुरीका कारण रुख ढल्दा सडक अवरुद्ध भएको छ।
रुख ढलेपछि ललितपुर र काठमाडौं जोड्ने सडकखण्डमा सवारी आवागमन प्रभावित भएको हो।
सडकमा ढलेको रुख पन्छाएर अवरोध हटाउन ट्राफिक प्रहरीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ। सडक खुलाउन आवश्यक काम भइरहेको प्रहरीले जनाएको छ।
लगातारको वर्षा र हावाहुरीका कारण उपत्यकाका विभिन्न स्थानमा सडक तथा यातायात प्रभावित हुनसक्ने भएकाले यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।