काठमाडौं । गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा हावाहुरीसहित भारी वर्षा भएको छ।
पश्चिमी न्यून चापीय प्रणाली तथा मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसम बदली भई वर्षा भइरहेको छ। गण्डकी र कर्णालीका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा भएको हो।
वर्षासँगै आएको हावाहुरीका कारण केही स्थानमा जनजीवन प्रभावित भएको छ। मौसममा आएको परिवर्तनसँगै थप वर्षा हुनसक्ने भएकाले सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।