काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा छापा मारेको छ।
विभागको टोलीले जबराको निवासमा पुगेर विभिन्न कागजात तथा विवरणमाथि अनुसन्धान थालेको जनाइएको छ। छापाका क्रममा के–के बरामद भयो भन्नेबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन।