झापा । झापाको बिर्तामोड नगरपालिका–४ अन्नपूर्ण चोकस्थित फर्निचर उद्योगबाट फैलिएको आगो नियन्त्रणमा आएको छ।
आश्विन २१ गते फर्निचर उद्योगबाट सुरु भएको आगो आसपासका पसलहरूमा समेत फैलिएको थियो। अरिदमन गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीय पालिकाको सहयोगमा आगो नियन्त्रणमा लिएको हो।
आगोबाट भएको क्षतिको विवरण भने खुलाइएको छैन।