‘१२ गाउँ २’ को प्रेमगीत ‘रेशमी रुमाल’ सार्वजनिक

‘१२ गाउँ २’ को प्रेमगीत ‘रेशमी रुमाल’ सार्वजनिक

काठमाडौं । आगामी नेपाली चलचित्र ‘१२ गाउँ २’ को आधिकारिक प्रेमगीत ‘रेशमी रुमाल’ सार्वजनिक भएको छ।

गीतमा अभिनेता विराज भट्ट र अभिनेत्री वर्षा इटानीलाई प्रस्तुत गरिएको छ। गीतले चलचित्रका दुई मुख्य पात्रबीचको प्रेम र रोमान्टिक भावनालाई केन्द्रमा राखेको छ।

चलचित्र ‘१२ गाउँ २’ आगामी असोज ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। गीत सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको चासोसमेत बढेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply