विदेशमा बस्ने नेपालीका लागि दशैंको टीका लगाउने साइत सार्वजनिक

विदेशमा बस्ने नेपालीका लागि दशैंको टीका लगाउने साइत सार्वजनिक

काठमाडौं । यस वर्षको बडादशैंको टीका लगाउने शुभ साइत नेपालसहित विदेशमा रहेका नेपालीका लागि पनि स्थानीय समयअनुसार फरक–फरक रहेको छ।

नेपालमा कार्तिक ४ गते बिहान १०ः२६ बजे टीका लगाउने शुभ साइत रहेको छ। भारतको दिल्लीमा अक्टोबर २१ बिहान ९ः११ बजे र भुटानको थिम्पुमा बिहान १०ः१४ बजे टीका लगाउने समय तोकिएको छ।

अमेरिकाको न्यूयोर्कमा अक्टोबर २० बिहान १०ः११ बजे, फ्र्याङ्कफर्ट, केन्टकीमा १०ः४७ बजे, ओवेन्सबोरोमा ११ः४५ बजे, टेक्सासमा १०ः२७ बजे, वासिङ्टन डीसीमा १०ः२१ बजे र क्यालिफोर्नियामा ९ः५१ बजे टीका लगाउने शुभ साइत रहेको छ।

क्यानडाको टोरन्टोमा अक्टोबर २० बिहान १०ः४१ बजे र भ्यानकुभरमा १०ः५५ बजे टीका लगाउने समय रहेको छ।

जापानको टोकियोमा अक्टोबर २१ बिहान १०ः१७ बजे टीका लगाउने साइत रहेको छ। अस्ट्रेलियाको सिड्नीमा बिहान ९ः२१ बजे, मेलबर्नमा ९ः३० बजे, ब्रिस्बेनमा ८ः२५ बजे, एडिलेडमा ९ः१५ बजे, क्यानबेरामा ९ः०७ बजे, तास्मानियामा ८ः५५ बजे, पर्थमा ८ः५४ बजे र डार्विनमा ९ः३१ बजे टीका लगाउने समय तोकिएको छ।

न्युजिल्यान्डको वेलिङ्टनमा अक्टोबर २१ बिहान ९ः२३ बजे टीका लगाउने साइत रहेको छ। यस्तै, पोर्चुगलको लिस्बनमा अक्टोबर २० बिहान ९ः४१ बजे, बेलायतको लन्डनमा १०ः५५ बजे, फ्रान्सको पेरिसमा ११ः३१ बजे र नर्वेको ओस्लोमा ११ः५० बजे टीका लगाउने समय रहेको छ।

मलेसियाको क्वालालम्पुरमा अक्टोबर २१ बिहान १०ः४७ बजे, यूएईको अबुधाबीमा १०ः३१ बजे, कतारको दोहामा ९ः४१ बजे, थाइल्यान्डको बैंककमा १०ः०७ बजे र दक्षिण कोरियाको सियोलमा ११ः१३ बजे टीका लगाउने साइत रहेको छ।

यस्तै, इजरायलको तेल अभिभमा अक्टोबर २० बिहान ११ः१३ बजे तथा सिंगापुरमा अक्टोबर २१ बिहान १०ः३१ बजे टीका लगाउने समय रहेको छ। हङकङमा १०ः२७ बजे, साउदी अरेबियामा १०ः०१ बजे र म्यानमारको याङ्गुनमा ९ः५७ बजे टीका लगाउने साइत रहेको छ।

स्विट्जरल्यान्डको जेनेभामा अक्टोबर २० बिहान १०ः३१ बजे टीका लगाउने समय रहेको छ।

विदेशमा रहेका नेपालीले आफू बसोबास गरिरहेको स्थानको स्थानीय समयअनुसार दशैंको टीका लगाउन सक्नेछन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply