बिरयानीमा किरा भेटिएपछि वीरगञ्जको एक बिरयानी हाउसलाई जरिवाना

बिरयानीमा किरा भेटिएपछि वीरगञ्जको एक बिरयानी हाउसलाई जरिवाना

वीरगञ्ज । बिरयानीमा किरा भेटिएपछि वीरगञ्जस्थित एक बिरयानी हाउसलाई प्रशासनले २ लाख रुपैयाँ जरिवाना गरेको छ।

खाद्य पदार्थमा किरा भेटिएको गुनासोपछि गरिएको अनुगमनका क्रममा सम्बन्धित बिरयानी हाउसलाई कारबाही गरिएको हो। प्रशासनले खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही गरेको पाइएपछि जरिवाना गरेको जनाइएको छ।

खाद्य वस्तुको गुणस्तर तथा सरसफाइमा ध्यान दिन व्यवसायीलाई आग्रह गर्दै उपभोक्तालाई पनि खाद्य पदार्थ खरिद तथा सेवन गर्दा सचेत रहन अनुरोध गरिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply