आन्दोलन र निर्वाचनबाट एमालेको शक्ति देखाउनुपर्छ : केपी ओली

आन्दोलन र निर्वाचनबाट एमालेको शक्ति देखाउनुपर्छ : केपी ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनका लागि तयार रहन आह्वान गरेका छन्।

ओलीले नेकपा एमाले सिद्धियो भन्ने टिप्पणीलाई आन्दोलन र निर्वाचनमार्फत गलत साबित गर्नुपर्ने बताएका छन्। एमाले देशको सही विचार बोकेको, सबैभन्दा संगठित, प्रभावशाली र कर्मठ पार्टी भएको उल्लेख गर्दै उनले पार्टीको उज्ज्वल भविष्य रहेको दाबी गरेका छन्।

उनले आन्दोलन र निर्वाचन दुवै माध्यमबाट एमालेको शक्ति, संगठन र राजनीतिक प्रभाव पुनः प्रमाणित गर्नुपर्ने बताएका छन्। साथै, नेता तथा कार्यकर्तालाई आवश्यक तयारीमा जुट्न आग्रह गरेका छन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply