उग्रतारा मन्दिरको मेलामा निःशुल्क स्वास्थ्य शिविर, दुई सयभन्दा बढी लाभान्वित

उग्रतारा मन्दिरको मेलामा निःशुल्क स्वास्थ्य शिविर, दुई सयभन्दा बढी लाभान्वित

डडेल्धुरा । अमरगढी नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल उग्रतारा मन्दिरमा लागेको मेलालाई लक्षित गर्दै सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट दुई सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन्।

मंसिर ८ गते अर्जुनवाण गणले फिल्ड अस्पताल धनगढी, डडेल्धुरा अस्पताल तथा स्थानीय पालिकाका स्वास्थ्य संस्थाहरूसँगको सहकार्यमा शिविर सञ्चालन गरेको हो।

मेलामा सहभागी स्थानीय तथा भक्तजनलाई स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरमा दुई सयभन्दा बढीले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply