काठमाडौं । विश्व चर्चित रेस्लिङ संस्था WWE का स्टार ब्रोनसन रिडको ३८ वर्षको उमेरमा निधन भएको छ। उनको वास्तविक नाम जर्मेन हेली थियो।
WWE ले सामाजिक सञ्जाल तथा आधिकारिक वेबसाइटमार्फत उनको निधन भएको पुष्टि गरेको हो। कम्पनीका अनुसार स्वास्थ्यसम्बन्धी जटिलताका कारण नोभेम्बर २७ मा उनको मृत्यु भएको हो। यद्यपि, निधनको विस्तृत कारण भने सार्वजनिक गरिएको छैन।
अस्ट्रेलियाको एडिलेडमा जन्मिएका रिडले सन् २०१९ मा WWE मा प्रवेश गरेका थिए। उनले पहिलो कार्यकालमा NXT नर्थ अमेरिकन च्याम्पियनसिप जितेका थिए। सन् २०२१ मा WWE छाडेपछि विभिन्न रेस्लिङ प्रतियोगितामा सहभागी भएका उनी सन् २०२२ मा पुनः कम्पनीमा फर्किएका थिए।
उनले सन् २०२४ मा आयोजित आन्द्रे द जायन्ट मेमोरियल ब्याटल रोयलको उपाधिसमेत जितेका थिए। पछिल्लो समय उनी WWE को ‘द भिजन’ समूहमा आबद्ध थिए।
रिडको निधनप्रति WWE ले दुःख व्यक्त गर्दै उनकी गर्भवती पत्नी Paige, छोरी, परिवार, सहकर्मी तथा प्रशंसकप्रति समवेदना प्रकट गरेको छ।