जानकारी

तीन सय भन्दा पनि बढी बीरामीको औषधी सहजनमा

काठमाडौं । सहजन मनव स्वास्थ्यका लागि सञ्जीवनी बूटी भन्दा कम छैन । हामी सहजनलाई हरियो तरकारीको रुपमा मात्रै हेर्छौ तर सहजनको सेवनले सैकड़ो रोगहरुको इलाज हुनसक्छन यो विषय शायदै हामी सबैलाई जानकारीमा नहुन सक्छ । दुनीयामा सबैभन्दा ताकतवर पोषण पुरक आहार हो सहजन । सहजनमा ३०० भन्दा पनि अधिक रोगहरुसंग लडने र निको पार्ने तत्वहरु हुन्छन् सहजनमा । सहजनको सेवन मनुष्यको स्वास्थ्यका लागि धेरै लाभदायी हुन्छ । सहजन मात्रै एक यस्तो रुखको जसको जरा देखि लिएर फुल, पात, फल्ली, तना, गोन्द लगायत सबै चीजहरु उपयोगी हुन्छ ।
आयुर्वेद पद्धतीमा भनिएको छ सहजनमा तीन सौ रोगहरुको उपचार संभव छ । सहजनमा पौष्टिक गुणहरुको तुलना स् १.विटामिन सी– संतरा भन्दा सात गुना, २. विटामिन ए– गाजर भन्दा दस गुना, ३. कैलशियम– दूध भन्दा सत्रह गुना, ४. पोटेशियम– केरा भन्दा पन्द्रह गुना, ५. प्रोटीन– दहीको तुलनामा तीन यसमा गुना हुन्छ ।
स्वास्थ्यका हिसाबमा यसको फली, हरीयो र सूकेका पातहरुमा कार्बोहाइड्रेट, प्रोटीन, कैल्शियम, पोटेशियम, आयरन, मैग्नीशियम, विटामिन–ए, सी र बी–काम्प्लेक्स भरपुर मात्रामा पाईन्छ । सहजनको नियमीत सेवन गरेमा कैयोन बीमारिहरु बढ़नुलाई रोक्न मदत गर्छ, यसको बोटेनिकल नाम ‘मोरिगा ओलिफेरा’ हो भने हिंदी र नेपालीमा यसकोनाम सहजन, सुजना, सेंजन र मुनगा नाम समेत भनिन्छ । सहजनको विषयमा जानकारहरु सहजनको नियमीत प्रयोग गर्ने गर्छन । सहजनमा दूधको तुलनामा चार गुना कैल्शियम र प्रोटीन दोगुना पाईन्छ ।
सहजनको रुखको औषधीयुक्त गुणहरु : सहजनको फूल पेट र कफ रोगहरुमा, यसके फली वात र उदरशूलमा, पात नेत्ररोग, मोच, साइटिका, गठिया आदि मा उपयागी हुने गर्छ । सहजनको बोक्राको सेवनले साइटिका, गठिया, लीवरका लागि लाभकारी हुन्छ । सहजनको बोक्रामा मह मिसाएर पीउनुले वात र कफ रोग खत्म हन्छ । सहजनका पातको काढ़ा बनाएर पीउनेहो भने गठिया, साइटिका, पक्षाघात, वायु विकारमा शीघ्र लाभ पुग्छ । साइटिकाका लागि सहजनका जराको काढ़ा पीउनुले यसको सकारात्मक असर तीव्र गतिमा चमत्कार जस्तै प्रभाव देखिन्छ । मोच इत्यादि आएमा सहजनका पातको लुगदी बनाएर सरसोंको तेलमा राखेर तताएर मोच आएको भागमा लगाउनुले शीघ्र आराम हुन्छ ।
सहजनको तरकारीबाट विभिन्न प्रकारका स्वास्थ्यमा लाभ : सहजनको फलीको तरकारी खानुले पुरानो गठिया, जोडहरुमा हुने पीडा, वायु संचय, वात रोगमा लाभ हुन्छ । पातको जुस बनाएर कानम राख्नुले कानमा हुने पीडा ठीक हुन्छ साथै सहजनको तरकारी सेवनले गुर्दा र मूत्राशयमा भएको पथ्थरी समेत टुटेर पेसाबबाट निस्कन्छ । सहजनको जरा र बोक्राको काढ़ा बनाएर सेंधा नुन र हिंग मीसाएर पीउनुले पित्ताशयमा हुने पथरीका लागि राम्रो हुन्छ । त्यस्तै सहजनको जराको र बोक्राको काढ़ा बनाएर कुल्ला गरेमा दाँतमा लाग्ने किरा नष्ट गर्छ र दाँतमा भएको दुखाईबाट निजाद मील्छ ।
सहजनका पातको जुस बनाएर साना नानीहरुलाई पीलाएमा पेटमा हुने किरा निकाल्न र दस्तलाई समेत निको पार्न मदत गर्छ । सहजनको जुस विहान र बेलका पीउनुले हाई ब्लड प्रेशरका लागि अति उत्तम हुन्छ भने मोटोपना कम गर्न यसले मदत पु¥याउछ । त्यस्तै सहजन आर्युवेदका हीसाबले विभिन्न रोगहरुका लागि रामबाण नै हो । यसका कलिला पातको साग बनाएर सेवन गर्नुले कब्ज रोग निर्मुल पार्छ भने जरा र बोक्राको जुसमा सेंधा नुन र हिंग मीसाएर पीउनाले मिर्गी रोग हुनेलाई मिर्गी रोगबाट बचाउछ । सहजनका पातलाई पीसेर त्यसको लेप बनाएर घावहरुमा लगाउदा घाव निको हुन्छ र सूजन भएको ठाएमा यसको लेप लगाउदा सूजन पनि निको पार्छ ।
सहजनका गेडाबाट पानीलाई केही हदसम्म शुद्ध गर्नमा समेत यसका गेडालाई प्रयोग गर्न सकिन्छ । सहजनका गेडा पीसेर चूर्ण बनाएर पानीमा मिलाइन्छ यसको चुर्ण पानीमा मीसीएर एक प्रभावी नेचुरल क्लेरीफिकेशन एजेंट बन्छ यसले पानीको बैक्टीरिया रहित बनाउछ । यसले पानीको बैक्टीरिया रहित मात्रै बनाउदैन त्यसका साथमा पानीको सांद्रतालाई समेत बढाउछ ।
सहजनको काढ़ा पीउनुबाट लाभ : कैंसर र पेटको रोगबाट शरीरमा हुने गांठा, फोका आदिका लागि सहजनका जराको अजवाइन, हींग र सौंठको मीश्रणमा काढ़ा बनाएर पीउने प्रचलनमा पाईएको छ । यसको काढाले साइटिका खुट्टामा हुने दुखार्ई, जोडहरुमा हुने दुखाई, लकवा, दमा, सूजन, पथरी आदिमा लाभकारी सिद्ध हुन्छ । आज पनि गाउघरहरुमा जानकारहरुको यस्तो मान्यता छ सहजनको प्रयोगले वायरसबाट हुने चेचक रोग हुने खतरा रहदैन । शरीरमा प्रतिरोधक क्षमता बढ़ाउछ । सहजनमा हाई मात्रामा ओलिक एसिड तत्व हुन्छ, जो एक प्रकारको मोनोसैच्युरेटेड फैट हो र यो तत्व शरीरका लागि अति आवश्यक पनि हो । सहजनमा विटामिन–सी को मात्रा अधिक हुन्छ र यसले शरीरमा हुने विभिन्न रोगहरुसँग लडने क्षमता राख्दछ । त्यस्तै यदि सर्दीका कारणले नाक–कान बंद भएका छन् भने, तपाई सहजनलाई पानीमा उमालेर त्यसको भाप लिएमा आराम हुन्छ ।
सहजनले मनुष्यका शरीरमा भएका हाडहरुलाई मजबुत बनाउछ सहजनमा कैल्शियमको मात्रा अधिक हुन्छ जसले शरीरका हाडहरुलाई मजबूत र स्वस्थ्य बनाउछ । साथै यसमा आइरन, मैग्नीशियम र सीलियम भन्ने पदार्थ हुन्छ यसको जूस बनाएर गर्भवती महीलालाई पीउन दिनुले डिलवरीमा आउने विभिन्न समस्याबाट राहत मिल्छ र डिलवरी पछि पनि आमालाई तकलीफ कम हुन्छ त्यसैले गर्भवती महिलाहरुलाई सहजनका पातको जुस बनाएर दिनुले डिलीवरीमा आसानी हुन्छ ।
सहजनमा विटामिन–ए हुन्छ जसको परा–पुरानो समयदेखि नै सौंदर्यका लागि प्रयोग गरिदै आएको पाईन्छ । जस्तै यसको साग शब्जी बनाएर नियमित सेवन गर्नुले बुढ़ोपना दुरहुन्छ भने आँखाहरुको दृष्टि शक्तिमा समेत मदत हुन्छ । सहजनको सूप बनाएर प्रयोग गर्नाले हाम्रो शरीरको रगत सफा हुनुमा लाभदायक सिद्ध हुन्छ ।