जानकारी

आफिसमा बसेरै गर्न सकिन्छ यि ५ स्वास्थ्यका योगासनहरु

वर्क डेस्कमा बसेर पनि गर्न सकिन्छ योग : यदि तपाँई ८ घण्टा डेस्कमा बसेर काम गर्नु हुन्छ या ८ घटा डेस्कमा बस्नु हुन्छ भने मान्नुहोस तपाँई बीमार हुदैहुनु हुन्छ अथवा हुनसक्नुहुन्छ । यसरी डेस्कमा बसेर काम गर्नु भनेको आगामी दिनहरुमा निश्चित रुपमा तपाँई बीमारी लाई निम्त्याई रहनुभएको छ । यदि समयमै स्वास्थ्य प्रति सजग हुनु भएन भने पछि पछुताउनु बाहेक केही हुनसक्दैन । पछि पछुताउनु भन्दा आजै देखि स्वास्थ्य प्रति सजग हुनुहोस । स्वास्थ्यका लागि आजै देखि शुरु गर्नुहोस योग ।
अफिसमा कामका बेला डेस्कमै बसेर नै अफिसका अन्य सहकर्मीहरुलाई जानकारी नहुनेगरी आसान र सरल रुपमा योग गर्न सकिन्छ ।
जानीराखौ : यहा ५ योग तरिकाहरु दिएकाहरु छन् । यि ५ योग आफिमा डेस्कमा बसेर आसान तरिकाले गर्न सकिन्छ ।
१. हार्ट ऐक्टिविटी : पीठ र गर्दनलाई सीधा राखेर कुर्सीमा आरामसँग बस्ने । शरीर, अनुहार र आँखाहरु रिलैक्स्ड राख्ने । अब आप्mनो देब्र हाथलाई कुर्सिको आर्म्समा राख्ने र दाहिनो हत्केलाको कप शेपमा बनाएर छातीको देब्रे साईडतिर विस्तारै हल्केलाले सहलाउने । यसरी कम्तिमा ५० पटक गर्ने । यस्तो ऐक्टिविटीका कारण हार्टलाई मसाज मिल्छ र जसले गर्दा ब्लड सर्क्युलेशन बेहतरिन हुन जान्छ र हार्ट मजबूत बन्न यो योगले मदत गर्छ ।
२. लोअर बैक ऐक्टिविटी : कुसीमसँग बस्ने र आप्mना खुट्टाहरु एकसाथ जोडेर राख्ने । अब आप्mनो देब्रे हातले दाहिनेतिरको कुर्सीको आर्म्सलाई समातेर सपोर्टलिने । लोअर बैक, गर्दन र दाहिने हातलाई देब्रेतिर झुकाउने । केही समयपछि दाहिन हातले कुर्सीका देब्रेतिरकोे आर्म्सलाई समात्ने । लोअर बैक, गर्दन र देब्रे हातलाई दाहिनेतिर झुकाउने । यो आसनहरु गर्नेबेला आप्mना आँहरु खुला राख्ने र यो आसनर्ला दुबैतिरबाट १० पटकसम्म गर्ने ।
३. पीठको आसन : कुर्सीमा बसे—बसेरनै देब्रे हातलाई माथीतिर उठाउने र दाहिने हातलाई दुबै खुट्टाहरुको बीचो बीच राखेर जमीनलाई छूने । यस्तो पोजिशनमा कम्तिमा छ सेकंडसम्म राख्ने । यस्तो क्रिया गार्ने बेला आप्mनो गर्दन र अनुहार माथीतिर हुनुपर्छ । येसै क्रिया या आसनलाई अर्कोतिरबाट पनि गर्ने । अर्थात दाहिनो हात माथी उठाउने र देबे्र हातल जमीनलाई छूने । यो आसनलाई पनि दुबैतिर १०–१० पटकसम्म गर्ने । यस्तो आसनहरु ग्र्नाले लोअर बैकसँग सम्न्धित सबै समस्याहरु दूर भएर जान्छन् । साथै शरीरमा भएको फैट कम भएर जान्छ र पीठलाई समेत मजबूत हुन मदत मिल्छ ।
४. फोक्सोका लागि क्रिया : जहीले पनि हामी स्वास लिन्छौ हामी ५०० क्युबिक सेंटिमीटर हवालाई फोक्सोमा लिन्छौ । तर यो ऐक्टिविटीको माध्यमबाट हामी तकरीबन ३००० क्युबिक सेंटिमीटर हवालाई स्वासको माध्यमबाट भीत्र तान्न सक्छौ । यसका लागि कुर्सीमा आरामले बस्ने र आप्mनो छातीलाई जतिसंभव हुनसक्छ फुलाएर नाकको माध्यमबाट हवालाई स्वास भीत्र तान्ने । यस्तो गरेको कहीबेर सम्म स्वास थामेर राख्ने । यो ऐक्टिविटीलाई कम्तिमा पनि १०–१५ पटक दोहराउने । यो प्रक्रियाको दौरान आँखाहरु बन्द रद्यने र महसूस गर्ने कि म सकारात्मक ऊर्जालाई आप्mनो शरीर भीत्र ग्रहणगरी रहेको छु र र नकारात्मक ऊर्जालाई बाहिर निकालि रहेकोछु ।
५. पेटका लागि क्रिया : कुर्सीमा एकदम आरामले बस्ने र कुर्सीका दुबै आर्म्सलाई हातले समात्ने । अब पेटलाई स्वासद्वारा भीत्र लिएको हवाले विस्तारै भर्ने र पेटलाई बाहिरतिर फुलाउने । केही समय पेटमा हवा भरेर राख्ने र पछि विस्तारै हवालाई बाहिर छोड्दै जाने र पेटलाई जतिसकिन्छ भीत्र तान्ने । यो योग जति पटक संभवहुनसक्स वा सकिन्छ गर्ने ।