जानकारी

नुनिलो (नुन)को पानीले स्नान गर्नाले डैंड्रफ हुदैन र कपाल पनि सिल्की हुन्छन्

खनामा मात्र होईन स्नान गर्नमा पनि प्रयोग गर्न सकिन्छ नुन । धेरै जसो हामी नुन खानलाई मात्र प्रयोग गर्ने गर्छौ तर नुनलाई खानुमा प्रयोग बाहेक पानीमा मीलाएर स्नान गर्ने हो भने हाम्रो शरीरलाई अधिक लाभ हुनसक्छ । नुनमा रहेको मैग्नीशियम, कैल्शियम, सोडियम जस्ता मिनरल्स शरीरका इन्फेक्शन्सबाट माीलाई बचाउछ । नुनिलो पानीले स्नान गर्नाले त्यसमा रहेको तत्वले फन्गल इन्फेक्शन बढ्नबाट जोगाउछ । प्रत्येक दिन नुनको पानीले स्नान गर्नाले हामी डैंड्रफबाट समेत राहत पाउन सक्छौ ।

नुनको पनीले स्नान गर्नाले यसको लाभ के के हुन सक्छन जानी राखौ

कपाल मजबुत हुन्छन् : नुनिलो (नुन)को पानीले स्नान गर्नाले रक्त संचार सधै राम्रो हुन्छ । कपालमा भएका कीटाणु नाश भएर जान्छन भने साथै डैंड्रफ हुनबाट रोक्छ । कपाल स्वस्थ र चमकीला हुन्छन् ।

फेयरनेस : नुनिलो (नुन)को पानी त्वचाका मृत कोशिकाहरुलाई निकाल्नमा मद्त गर्छ । प्रत्येक दिन नुनिलो (नुन) पानीले स्नान गर्नाले त्वचा कोमल र चमकदार बन्छ साथै रङ्ग पनि सफा हुन्छ ।

संक्रमणबाट बचाउछ : नुनिलो (नुन)को पानीमा भरपूर मात्रामा मैग्नीशियम, कैल्शियम, सोडियम जस्ता मिनरल्स हुन्छन् । मैग्नीशियम, कैल्शियम, सोडियम जस्ता मिनरल्स त्वचाका छिद्रहरुमा गएर ती छिद्रहरु सफागर्छन् त्यसैले स्किन हुने इन्फेक्शनको खतरा कम भएर जान्छ ।

मीठो नीन्द्रा आउछ : नुनिलो (नुन)को पानीले स्नान गर्नाले थकान र तनाव दूर भएर जान्छ जसले गर्दा दिमागलाई शांति मिल्छ र राती राम्रोसंग नीन्द्र लाग्न मद्त पुग्छ ।

हाड जोर्नि (हड्डि)मा दुःख्ने र मांसपेशिहरुलाई आराम : नुनीलो (नुन)को पानीले नियमीत स्नान गर्नाले हाड (हड्डि)हरुमा दुःख्ने कम भएर जान्छ दुःखाईबाट आराम मील्नुका साथै आस्टियो आर्थराइटिस र टेन्डीनिटिस जस्ता जाईन्ट पेनको समस्यामा समेत आराम मील्छ ।विभिन्न साइटको सहयोगबाट/सम्पादित