अन्तराष्ट्रिय

‘गरिबी निवारणमा जीविकोपार्जन भत्ता वृद्धि प्रभावकारी’

बेइजिङ, चीन । जीविकोपार्जनका लागि निम्नतम भत्तामा गरेको वृद्धि गरिबी निवारणका लागि गरेको चिनियाँ सरकारको प्रयासमा थप सार्थक बनेको चीनको नागरिक मामिला मन्त्रालयले बिहीबार बताएको छ । चीनले सन् २०१८ मा शहरी तथा ग्रामिण क्षेत्रमा बसोबास गर्दै आएका आफ्ना नागरिकका लागि दिँदै आएको जीविकोपार्जनका लागि निम्नतम भत्तामा सामान्य वृद्धि गरेको थियो । यद्यपि यसको प्रभाव निकै सकारात्मक देखिएको मन्त्रालयको दावी छ ।

नागरिक मामिला मन्त्री हुवाङ सुसियानले भन्नुभयो, “सन् २०१७ को तुलनामा सन् २०१८ मा चीन सरकारले शहरी क्षेत्रमा बस्ने नागरिकको जीविकोपार्जन भत्तामा ७.२ प्रतिशत र ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि १२.४ प्रतिशत रकम वृद्धि गरेको हो ।” भत्ता लिँदै आएका करिब चार करोड ५० लाख निम्न आय भएका चिनियाँको अवस्थामा सुधारका लागि सरकारले उक्त कार्यक्रमलाई अघि सारेको हो ।

चीनको ग्रामिण क्षेत्रका जनतालाई उपलब्ध गराइएको जीविकोपार्जन भत्ता देशमा गरिबीको रेखामूनि रहेका नागरिकलाई गरिबीबाट मुक्त गर्न चाहिने माथिल्लो विन्दुमा पुगेको उहाँले बताउनुभयो । सन् २०१८ को अन्त्यसम्ममा ग्रामिण क्षेत्रका करिब तीन करोड ५१ लाख जनतालाई बार्षिक करिब ७१५ अमेरिकी डलर वितरण भइरहेको छ भने बाँकी करिब एक लाख जनतालाई पनि प्रक्रिया पु¥याएर छिट्टै सो सुविधाको दायरामा ल्याइने बताइएको छ ।-रासस/सिन्ह्वा