अन्तराष्ट्रिय

मुम्बईमा पैदल यात्रु हिड्ने पुल भत्किदाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या छ पुग्यो

मुम्बई । भारतको आर्थिक राजधानी मुम्बईमा शिवाजी टर्मिनस स्टेशन पैदल यात्रु हिड्ने एक पुल भत्किदाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या कम्तीमा ६ पुगेको छ । ३४ जाना भन्दा पनि बढी  घाइते भएका प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । बिहीबार साँझ भएको यस घटनामा छ व्यक्तिको मृत्यु हुनको साथै ३४ जाना भन्दा पनि बढी  घाइते भएको अनुमान एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । घाइतेहरुको अवस्था हाल स्थिर रहेको जनाइएको छ । स्थानीय समयानुसार बिहीबार साँझ ७ः३० सो घटना भएको थियो ।

यस घटनामा ज्यान गुमाउने व्यक्तिलाई ५ लाख भारतीय रुपियाँ बराबरको क्षतिपूर्ति दिने महाराष्ट्रका मुख्य मन्त्री देवेंद्र फडणवीसले बताउनु भएको छ । स्थानीय सरकार अधिकारीहरुका अनुसार सो पुल १९८० मा बनेको थियो । सो पुल बन्द नगरिएको र सार्वजनिक हिड्डुलको लागि खुल्ला गरिएको थियो ।-अनुवाद/साभार नभाटाबाट