धु्रबप्रसाद खनाल बहुआयामिक कृषि बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष एवं जिल्ला सहकारी संघ काठमाडौंको सल्लाहकार हुन । लामोसमयदेखि सहकारी क्षेत्रमा सक्रिय खनालले आफु अध्यक्ष रहेको सहकारी संस्था कोभिड—१९ का कारण देशको समग्र आर्थिक क्षेत्र संकटमा पर्दा पनि राम्रोसँग सञ्चालन गरेको बताउछन् । अहिले सहकारी क्षेत्रको उचित तरिकाले अनुगमन नहुँदा सहकारी क्षेत्रमा विकृतिहरु बढ्दै गएको बताउने खनालले सहकारी क्षेत्रका विकृतिहरु हटाउन अनुगमन गर्ने निकाय र स्वयम सहकारीका सदस्यहरु समेत सचेत रहनु पर्ने बताए । सहकारीमा पैसा बचत गर्दा कहाँ बढि ब्याज पाईन्छ भन्ने मात्र नहेरी सहकारी कसरी चलेको छ, राम्ररी बुझेर पैसा बचत गर्नु पर्ने खनालले बताउछन् । आफूहरु सहकारीकै माध्यमबाट सदस्यहरुको आर्थिक संमृद्धिका निम्ती लागि रहेको बताउने खनालसँग यीनै बिषयको सेरोफेरोमा रहेर गरिएको कुराकानीको सम्पादित अंश:
तपाँई बहु आयामिक कृषि बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्ष हुनुहुन्छ, अहिले तपाई अध्यक्ष भएको सहकारी कसरी अगाडी बढाइ रहनु भएको छ ?
हाम्रो सहकारी अर्थात बहुआयामिक कृर्षि बचत तथा ऋण सहकारी संस्था सदस्यलाई सर्वोपरी मानी सदस्यकै हितको निम्ती काम गर्ने संस्था हो । कोभिड पछि अन्र्थतन्त्रको क्षेत्र बिषम परिस्थीतिमा छ । देशमा निर्यात भन्दा आयत बढी छ । बैंक तथा वित्तिय संस्थामा तरलताको कमि छ । कयौं सहकारी र वित्तिय संस्थाहरु आर्थिक संकटमा छन् । केही सहकारीले त बचत कर्ताको बचत फिर्ता दिन नसकेकाले कानूनी कारबाहीमा परेका समाचार पनि संञ्चार माध्यमहरुले प्रकाशित गरीरहेकै छन् । तर हाम्रोमा त्यस्तो समस्या छैन । हामीसँग प्रसस्त तरलता छ । कोभिडकै बिचमा पनि हामीले सदस्यहरुलाई गर्ने सहयोग गरी रह्यौं । मुनाफा पनि दियौं । सदस्यहरुले पनि हामीलाई सहयोग गरीरहनु भएको छ । हामीले अन्य सहकारी भन्दा अलिक फरक ढंगले व्यवस्थित रुपले चलाइरहेका छौं । त्यसैले हाम्रो सहकारीमा कुनै समस्या छैन । राम्रोसँग चलिरहेको छ ।
सहकारी राम्रैसँग चलिरहेको बताउनु भयो, अहिले सहकारीमा सदस्य संख्या कति छन् ? अनि शेयर पुँजी, बचत र लगानीको अवस्था कस्तो छ ?
हाम्रो सहकारी संस्थामा १४ सय ५८ जना शेयर सदस्यहरु हुनुहुन्छ । ती शेयर सदस्यबाट ३ करोड १० लाख ८८ हजार शेयर पुँजी छ । बचत कर्ताबाट २० करोड ९ लाख २७ हजार बचत भएको छ । ऋण लगानी २०७८ असोज मसान्तसम्म २३ करोड ९६ लाख ५५ हजार भएको छ । यसमा केही बाहिरी ऋण पनि छ । जस्तो राष्ट्रिय सहकारी बैंक,नेफन आदीबाट पनि ऋण छ । यसरी आएको समग्रमा ६ करोड छ । हाम्रोमा तरलता ९ करोड ४६ लाख ६० हजार छ । यो रकम विभिन्न बैंकहरुमा राखेका छौं ।
तरलता बढी नै रहे छ किन लगानीको वातावरण नभएर हो कि ?
हाम्रो सहकारीमा केही बचत कर्ताले अलिठूलो रकम बचत गर्नु भएको छ । उहाँहरुले कुनै पनि बेला फिर्ता लान आउन सक्नु हुन्छ । त्यसैले हामीले फिक्समा राख्ने वा लगानी गर्ने नगरी कुनै पनि बेला झिक्न मिल्ने गरी राखेका हौं । छ सात करोड त सधै चाहिन्छ नै । एक दुई करोड यो पटक अलि बढि राखेका छौं । समग्र आर्थिक क्षेत्र चाहे त्यो पर्यटन व्यवसाय होस वा अन्य उद्योग सबैतिर कोभिडको असर परेको छ । यस्तो अवस्थामा सहकारी क्षेत्र पनि अछुतो रहने कुरो भएन तर यस्तो अवस्थामा पनि हामीले कुसल व्यवस्थापन गरेका कारण सहकारीलाई राम्रोसँग अगाडी बढाईरहेका छौं । बचत ऋण लगानी राम्रोसँग चलिरहेको छ । हाम्रो सहकारीमा कोभिडले पनि कुनै असर गरेको छैन । तरलता बढी होइन आवश्यक पर्न सक्ने भएरै राखेका हौं ।
अहिले सहकारीहरु, सहकारीका मूल्य मान्यता अनुरुप नचल्दा कयौं सहकारीमा समस्या देखिएको छ, पछिल्लो समय सिभिल सहकारी जस्तो नाम चलेको सहकारीले पनि बचत कर्ताको बचत फिर्ता नदिँदा बचतकर्ताको बचत डुबेको छ,यस्तो विकृति कसरी रोक्ने होला ?
अवश्य पनि तपाईले प्रश्न गर्नु भए जस्तो सहकारीमा उचित अनुगमन नहुँदा, सहकारी सहकारीको मूल्य मान्यता अनुरुप नचल्दा धेरै विकृति देखिएका छन् । मैले त विगतदेखिनै भन्दै आएको छु । केही ठुलाघरना भन्नेले सहकारीको मूल्य मान्यता विपरित गएर आफ्नो व्यवसायी स्वार्थपुरा गर्न, आफ्ना मान्छेलाई भरणपोषण गर्न सरकारीको माध्यमबाट गलत काम गरीरहेका छन् । उनीहरुले सर्वसाधारण शेयर धनी र बचतकर्ताको रकम दुरुपयोग गरीरहेका छन् । उनीहरुले आफ्ना मान्छेलाई बिना धितो ऋण दिने । आफूले निजी व्यवसायमा लगानी गर्ने, गरेका छन् । उनीहरुको निजी व्यवसाय घाटामा जाँदा सहकारी डुब्ने अवस्था छ । उनीहरुको नियतनै खराब छ, बचतकर्ता तथा शेयरधनीको रकम खानु पर्दछ । के हुन्छ र ? एक दुई अर्ब खाएपछि एक दुई वर्ष जेल बस्नु पर्ने त हो अरु के हुन्छ र भन्ने सोचाई छ । यस्तै मानसिकताले गर्दा यस्तो भएको हो । सिभिलको त बाहिर आयो अरु एक दुई वटा नाम चलेका पनि यस्तै संकटमा छन । मैले नाम नभनौ तिनको पनि अब छिट्टै नाम बाहिर आउला । सहकारी भनेको अत्यन्त प्रजातान्त्रिक अभ्यास गर्ने थलो हो । सदस्यहरुबाट निर्वाचित भएर सदस्यहरुकै हितको निम्ती काम गर्नु पर्ने हुन्छ । कतिपयले यसो नगरी नामको मात्र साधारण सभा गर्ने र व्यवहारमा मनपरी गर्ने गरेका छन् । बचतकर्ताले पनि अरु नहेरी व्याज कहाँ बढी आउँछ भनेर मात्र हेनर्,े शेयर सदस्यले पनि कसरी संञ्चालन भएको छ भनेर राम्ररी नबुझि साधारण सभामा आउँदा खाममा अलि अलि पैसा र खाजाको प्याकेट पाए पछि खुसी भएर फर्केने गर्दछन् । जस्ले गर्दा यस्तो भएको हो । सहकारी भनेको सबै सदस्यको साझा संस्था हो । यसलाई राम्ररी चलाउन सबै शेयरधनी, सदस्य, बचतकर्ता सबै सचेत हुनु पर्दछ । अनि अनुगमन गर्ने निकायले पनि राम्रोसँग अनुगमन गर्नु पर्दछ । तबमात्र सहकारी उचित बाटोमा हिड्न सक्छन । म जिल्ला सहकारीसंघ काठमाडौंको सल्लाहकार पनि छु । मैलेत सहकारीलाई बिचौलिया र राजनीति गर्नेबाट अछुत राखौ भनेर बोल्दै आएको छु । सहकारी राजनीति गर्ने थलो हुनु हुँदैन । यो सदस्यहरुलाई आर्थिक,सामाजिक सहयोग गर्ने थलो हो । यसलाई त्यही रुपले अगाडी बढाऔं, त्यसका निम्ती अनुगमन राम्रोसँग हुनु पर्दछ । भन्ने मेरो निरन्तर भनाई रहँदै आएको छ । सहकारीलाई व्यक्तिगत नाफा आर्जन गर्ने थलो बन्न दिनु हुन्न । सहकारीले खुल्ला रुपमा काम गर्ने वातावरण दिनु पर्दछ । यस्तो बनाउन सहकारीका शेयरधनीलाई आवश्यक रुपमा सहकारी सम्बन्धी प्रशिक्षण पनि दिनु पर्दछ । सहकारीलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने, ऋण लिएर नतिर्नेलाई जुन कारवाही हुनुपर्ने त्यो अनुरुपको कानूनी पाटो छैन । यसमा कमजोरी छ । यसतर्फ पनि राज्यको ध्यान पुग्नु पर्दछ ।
सहकारीले त छरिएर रहेको सानो–सानो पुँजी सदस्यबाट जम्मा गरी सामूहिक रुपमा केही उत्पादन मुलुक कार्य गर्नेतर्फ ध्यान दिनु पर्नेमा बैंकले जस्तो बचत तथा ऋणमा बढी ध्यान दिएको देखिन्छ यसो गर्नु उचित हो ?
अवश्य पनि तपाईले प्रश्नमा सोध्नु भए जस्तो समस्या छ । सहकारीले धेरै क्षेत्रमा काम गर्न पाउँछ । सुन र गाँजा तस्करी जस्ता कानूनबाट प्रतिबन्धित काम बाहेक सहकारीले अरु धेरै काम गर्न पाउँछन् । नेपालमा अहिले ३० हजारजति सहकारी छन् । यी सहकारी विभिन्न उद्देश्य राखेर खोलिएका छन् । बचत तथा ऋण भन्यो भने उस्ले बचत तथा ऋणको काम गर्ने भयो । बहुउद्देश्यीय भन्यो भने धेरै क्षेत्रमा काम गर्दछन् । बिषयगत सहकारी भनेमा सोही अनुरुप काम गर्दछ । सहकारीमा उस्को शेयर सदस्य बिचमा मात्र कारोबार हुन्छ । अहिले कतिपय सहकारी यो मूल्यमान्यता भन्दा बाहिर गएका छन् । यस्को राज्य र स्वयम सहकारीका सदस्यबाट समेत अनुगमन हुनु पर्दछ । जहाँसम्म सहकारीले आफै केही उत्पादन गर्ने भन्ने छ ग्रामिण क्षेत्रमा त्यो भएको छ, शहरी क्षेत्रमा यो कमि छ । तर यहाँ पनि सहकारीकै सदस्यलाई ऋण दिईन्छ । त्यो ऋणबाट सहकारीका सदस्यले उद्योग व्यवसाय गर्दछ । जसबाट रोजगारी र आर्थिक संमृद्धीको अवसर मिल्दछ । गाउँतिर मह,चिया, सहित विभिन्न घरेलु उद्यमहरु पनि गरेका छन् । अहिले त राजनीतिक दल निकट ठुला नेता, बैंकका रिटायर कर्मचारीले खोलेका सहकारी सहकारीको मूल्यमान्यता अनुरुप चलेका छैनन । अरु समुदायले संञ्चालन गरेका ठिकै चलेका छन् ।
सहकारीका सबै सदस्यले मुनाफा पाउनु पर्ने सिद्धान्त भए पनि कयौं सहकारीमा सदस्य र शेयरधनी अलग अलग भन्ने अनि सदस्य भन्दा शेयर धनीले मात्र मुनाफा बाढ्ने गरेको पनि पाइन्छ नि ?
त्यसो गर्न मिल्दैन । सय रुपैयाँ जम्मा गरेर कारोबार गरे पनि सोही अनुरुप मुनाफा दिनु पर्दछ । सय दुई सय जम्मा गरेर चलाउँदै नचलाए त संञ्चालन खर्चमै जान्छ । यदि कारोबार गरेको छ भने मुनाफा सबैले पाउनु पर्दछ । हाम्रो सहकारीले त मुनाफा दिने गरेको छ । केहीले नीजि स्वार्थ वा उद्यमको लागि खोलेकाले दिदैनन सहकारीको नियम अनुसार दिनु पर्दछ । दिएन भने सहकारीका सदस्यले अनुगमन गर्ने निकायमा निवेदन दिन सक्छन् । यसका निम्ती त सहकारीका सदस्य आफै पनि सचेत बन्नु पर्दछ ।
बहुआयमिक कृषि बचत तथा ऋण सहकारी संस्था भाविदिनमा कसरी अगाडी बढ्दै छ ?
सहकारी संस्था एउटा सार्वजनिक संस्था जस्तै हो । यो निरन्तर चलिरहन्छ । यो असमिति दायित्व भएको संस्था हो । हाम्रो सहकारी सुरुमा कृर्षि बचत तथा ऋण सहकारी संस्था भनेर हामीले संञ्चालन ग¥योैं । त्यसबाट खासै मुनाफा हुने देखिएन । बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने, शेयर सदस्यलाई मुनाफा दिन नसक्ने गरी सहकारी चलाउन त भएन । हामीले बाख्रा पालन, टनेल खेती पनि गरेर हे¥यो । त्यो त्यति राम्रो हुने नेदेखिएपछि अलि फरक किसिमले चलायौं । अहिले राम्रो छ । निकट भविष्यमा आयतलाई प्रतिस्थापन गर्ने निर्यात बढाउने खालका कुनै उत्पादन गर्ने सोचमा छौं । हाम्रो सहकारीमा सवा करोड जति रिजब फण्ड छ । यसको समेत प्रयोग गरी केही राम्रो काम गर्दछौं तर के गर्ने भनेर अहिले अध्ययननै गर्दैछौं ।
अहिले तीन तहका सरकार बनेपछि सहकारीको अनुगमन र संञ्चालनमा कस्तो छ ?
तीन खम्बे अर्थतन्त्रको एउटा खुट्टा सहकारी हो । त्रिखुट्टेको एउटा खुट्टाले टेकेन भने त्रिखुट्टी ढल्छ । सहकारी राम्ररी अगाडी नबढे समग्र अर्थतन्त्रनै असर पर्दछ । अहिले जिडिपीको २३ प्रतिशत सहकारीको योगदान छ । त्यसैले सहकारीलाई राम्ररी अगाडी बढाउन राज्य, सहकारीका छाता संस्था सहित सहकारी आफै पनि सहकारीको निती नियम पालना गर्दै अगाडी बढ्नु पर्दछ । जहाँसम्म तीन तहको सरकारको कुरा छ, कुनै सहकारीलाई वडा वा नगरले हेर्दछन, कुनैलाई प्रदेशले हेर्दछ, कुनैलाई विभागले हेर्दछ । तर तीन तह भए पनि अनुगमन राम्रो छैन । केबल दस्तुर उठाउने मात्र काम भएको छ । जसरी कम्पनी कम्पनी कार्यालयमा दर्ता हुन्छ, बैंक राष्ट्रबैंकमा दर्ता हुन्छ ।
त्यस्तै सहकारी पनि एकद्धार प्रणालीमा दर्ता हुनु पर्दछ । सहकारी संख्यामा भन्दा गुणात्मक बढी हुनु पर्दछ । जस्तो श्रीलंकामा राष्ट्रपति पनि सहकारीको सदस्य हुनु हुन्छ । त्यहाँ सोसाईटीमा सदस्य नभए चुनाव जित्न सक्दैनन् । ठुलाठुला मल्टी नेशनल कम्पनी सहकारीबाट चलेका छन् । भारतकै ११ हजारवटा सहकारी मर्ज भएर इको भन्ने मलकम्पनी चलाएका छन् । हाम्रोमा पनि सहकारीहरु मिलेर मनमोहन हस्पितल चलाएका छन् । त्यस्तै शाहस हाइड्रोपावर आदी छन् । धेरै सहकारी मिलेर मेघा प्रोजेक्ट पनि चलाउन सक्छन् । मनिटरिङ जुनतहको सरकारले गरे पनि हुन्छ तर अहिले व्यवस्थित अनुगमन भएको छैन । व्यवस्थित बनाउन सरकार, सहकारीका संघ संस्थाहरु अभियान्ताहरु लाग्नु पर्दछ । जापानको जाइका, भारतको अमुल जस्ता सहकारीबाटै चलेका छन् ,यहाँ पनि धेरै गर्न सकिन्छ, तर यसको निम्ती व्यवस्थित योजना र नीति नियम चाहिन्छ ।
Add Comment