विचार-अन्तर्वार्ता

सहकारीमा बचत जम्मा गरेर मात्र हुंदैन उचित लगानी पनि गर्नुपर्दछ : शिलोनबाबु श्रेष्ठ अध्यक्ष, जनपयोगि बचत तथा ऋण सहकारी संस्था

शिलोनबाबु श्रेष्ठ जनपयोगि बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष एवं एपोलो पोलिक्लिनिकका संचालक र बेसलाईन होल्डीङका सल्लाहकार हुनुहुन्छ । लामोसमयदेखि सहकारी क्षेत्रमा सक्रिय श्रेष्ठले आफु अध्यक्ष रहेको सहकारी संस्था राम्रोसँग सञ्चालन भैरहेकोे बताउनु हुन्छ । अहिले सहकारी क्षेत्रको उचित तरिकाले अनुगमन नहुँदा सहकारी क्षेत्रमा विकृतिहरु बढ्दै गएको बताउनु हुने श्रेष्ठले सहकारी क्षेत्रका विकृतिहरु हटाउन अनुगमन गर्ने निकाय र स्वयम सहकारीका सदस्यहरु समेत सचेत रहनु पर्ने बताउनु हुन्छ । सहकारीमा पैसा बचत गर्दा कहाँ बढि ब्याज पाईन्छ भन्ने मात्र नहेरी सहकारी कसरी चलेको छ,राम्ररी बुझेर पैसा बचत गर्नु पर्ने उहाको सुझाब छ । त्यस्तै एपोलो पोलिक्लिनिकमा सबै रोगको राम्रो उपचार हुने पनि उहाँले बताउनु हुन्छ । श्रेष्ठसंग यीनै बिषयको सेरोफेरोमा रहेर गरिएको कुराकानीको सम्पादित अंश :

० यहाँ जनपयोगि बचत तथा ञmण सहकारी संस्था लि.को अध्यक्ष हुनुहुन्छ, अहिले तपाई अध्यक्ष भएको सहकारी कसरी अगाडी बढाइ रहनु भएको छ ?
जनपयोगि बचत तथा ञmण सहकारी संस्था सुरुमा भोजपुरको दाँवाबाट काठमाण्डौ आई बस्ने साथिभाईहरु मिलेर बनाएको क्लब दाँवाली मिलन कलबमा रहेका सदस्यहरुको अग्रसरतामा स्थापना भएको संस्था हो । यो केही राम्रो काम गर्नु पर्दछ भन्ने उदेश्य सहित स्थापना गरीएको संस्था हो । अहिले भने यसमा अरु साथिभाईहरु समेत थपिनु भएको छ । अहिले सहकारी ठिकैसंग चलिरहेको छ । कोभिड पछि समग्र देशको अन्र्थतन्त्र बिषम परिस्थीतिमा छ । कयौ बैंक तथा वित्तिय संस्थामा तरलताको कमि छ । सबैतिर समस्या हुँदा त्यसको सामान्य असर त हामीलाई पनि पर्ने नै भयो । तर कोभिडकै बिचमा पनि हामीले सदस्यहरुलाई गर्ने सहयोग गरी रह्यौं । सदस्यहरुले पनि हामीलाई सहयोग गरीरहनु भएको छ । हामीले अन्य सहकारी भन्दा अलिक फरक ढंगले चलाइरहेका छौं । त्यसैले हाम्रो सहकारीमा कुनै समस्या छैन । सहकारी राम्रोसँग चलिरहेको छ ।

० सहकारी राम्रैसँग चलिरहेको बताउनु भयो, अहिले सहकारीमा सदस्य संख्या कति छन् ? अनि शेयर पुँजी, बचत र लगानीको अवस्था कस्तो छ ?
हाम्रो सहकारी संस्थामा दुई सय जना जती शेयर सदस्यहरु हुनुहुन्छ । ती शेयर सदस्यबाट करीब २ करोड जती शेयर पुँजी लगानी भएको छ । हामीले सुरुमा सबै सदस्य बराबर हुनु पर्दछ भनेर एक एक लाख भन्दा बढीको शेयर कसैलाई पनि दिएका थिएनौ । दुई बर्ष अघिको साधारण सभाबाट नीतिमा केही संसोधन गरी चाहनेले पाँचलाख सम्मको शेयर लिन सक्ने बनाएका छौ । केही सदस्यहरुले पाँचलाख सम्मको शेयर पनि लिनु भएको छ । बचत कर्ताबाट समेत गर्दा साढे छ करोड जती बचत भएको छ । ऋण लगानी पनि यसकै हाराहारीमा छ । सहकारीको नीति नियमले सहकारीका सदस्य भन्दा बाहिर लगानी गर्न पाईर्दैन । त्यसैले सदस्य भित्रै लगानी गरेका छौ । हामीले बचतलाई धेरै जोड दिएका छैनौ किन कि बचत गरेर मात्र हुदैन । लगानी पनि गर्नु पर्दछ । अहिले लगानी सदस्यहरुले गरीरहनु भएकै ब्यबसायमा गरीरहेका छौ । समग्र आर्थिक क्षेत्र चाहे त्यो पर्यटन व्यवसाय होस वा अन्य उद्योग सबैतिर कोभिडको असर परेको छ । यस्तो अवस्थामा सहकारी क्षेत्र पनि अछुतो रहने कुरो भएन । त्यसैले बढी नहौसिएर सोचेर बिस्तरै अगाडी बढी रहेका छौ । कोभिडकै महामारीको अवस्थामा पनि हामीले धैर्यता पुर्वक व्यवस्थापन गरेका कारण सहकारीलाई राम्रोसँग अगाडी बढाईरहेका छौं । बचत ऋण लगानी राम्रोसँग चलिरहेको छ ।

अहिले सहकारीहरु सहकारीका मूल्य मान्यता अनुरुप नचल्दा कयौं सहकारीमा समस्या देखिएको छ, पछिल्लो समय नाम चलेको सहकारीले पनि बचत कर्ताको बचत फिर्ता नदिँदा समस्या देखिएका छन नि ?
सहकारीमा उचित अनुगमन नहुँदा, सहकारी सहकारीको मूल्य मान्यता अनुरुप नचल्दा धेरै विकृति देखिएका छन् । अवश्य पनि तपाईले प्रश्न गर्नु भए जस्तो केही ठुला भन्ने सहकारी सहकारीको मूल्य मान्यता विपरित गएर आफ्नो स्वार्थपुरा गर्दा यस्तो भएको छ । उनीहरुले सर्वसाधारण शेयर धनी र बचतकर्ताको रकम दुरुपयोग गरीरहेका छन् । सहकारी भनेको अत्यन्त प्रजातान्त्रिक अभ्यास गर्ने थलो हो । सदस्यहरुबाट निर्वाचित भएर सदस्यहरुकै हितको निम्ती काम गर्नु पर्ने हुन्छ । कतिपयले यसो नगरी मनपरी गर्ने गरेका छन् । हाम्रोमा भने अलि फरक छ । मैले सुरुमा पनि भने जनपयोगि बचत तथा ञmण सहकारी संस्था सुरुमा भोजपुरको दाँवाबाट काठमाण्डौ आई बस्ने साथिभाइहरु मिलेर बनाएको क्लब दाँवाली मिलन कलबमा रहेका सदश्यहरुको अग्रसरतामा केही राम्रोकाम गर्नु पर्दछ भन्ने उदेश्य सहित स्थापना गरीएको संस्था हो । हामी दाँवाबाट काठमाडौ आई बस्ने बिरेन्द्र सेष्ठ अध्यक्ष म उपाध्यक्ष भएर क्लब बनायौ । कलब चलाउन केही आथर््िाक गतिबिधि गरौ भनेर सहकारी खोलौ हौ । यो धरै नाफा कमाउन भनेर खालेका होइनौ । घाटानै भए पनि समस्या नपरोस भनि एक एक लाख मात्र शेयर राखेका हौ । त्यसैले अरु सहकारीमा भन्दा हाम्रोमा फरक छ । हाम्रामा सबैले बुझेर कारोबार गर्नु हुन्छ । अरु कयौंमा भने बचतकर्ताले पनि अरु नहेरी व्याज कहाँ बढी आउँछ भनेर मात्र हेनर्,े शेयर सदस्यले पनि कसरी संञ्चालन भएको छ भनेर राम्ररी नबुझि बस्ने गर्दा समस्यामा परेका हुन् । सहकारी भनेको सबै सदस्यको साझा संस्था हो । यसलाई राम्ररी चलाउन सबै शेयरधनी, सदस्य, बचतकर्ता सबै सचेत हुनु पर्दछ । अनि अनुगमन गर्ने निकायले पनि राम्रोसँग अनुगमन गर्नु पर्दछ । तबमात्र सहकारी उचित बाटोमा हिड्न सक्छन । यो सदस्यहरुलाई आर्थिक,सामाजिक सहयोग गर्ने थलो पनि हो । यसलाई त्यही रुपले अगाडी बढाउनु पर्दछ । हामीले त सदस्यहरुलाई सुखदुखमा साथ दिने सबैकुरा पारदर्शी हुनेगरी सञ्चालन गर्ने सहकारी मार्फत समाजसेवी कामहरु पनि गर्ने गर्दै आएका छौं ।

यहाँहरुको सहकारीमा तरलताको अबस्था कस्तो छ ?
तरलता पनि ठिकै छ । लगानी गर्नै ठाँउ छैन भने हामीले बचत नै गर्दैनौ । हाम्रोमा अरुले जस्तो यती बचत छ उती बचत छ भनेर भन्नु छैन । बचतनै बिचार गरेर मात्र गर्दछौ । त्यसैले हामीमा तरलताको समस्या छैन । आबश्यक तरला सधै हुन्छ ।

शेयर सदस्यलाई मुनाफा कत्तिको दिनु भएको ?
ठिकै छ , पहिला पहिला १५/१६ प्रतिशत दिन्थ्यौ । गत बर्ष एकातर्पm कोरोना अर्काै तर्फ हामीले संचालन गरेको डि एण्ड जे मार्ट सोचे जस्तो नचल्दा बिगतमा जस्तो दिन सकेनौ । यो पटक दिन्छौ । सबै सदस्य खुसीनै हुनु हुन्छ ।

जनपयोगि बचत तथा ऋण सहकारी संस्था भाविदिनमा कसरी अगाडी बढ्दै छ ?
सहकारी संस्था एउटा सार्वजनिक संस्था जस्तै हो । यो निरन्तर चलिरहन्छ । हाम्रो सहकारी सुरुमा कसरी स्थापना भयो यो कुरा यहाँलाई माथिनै भनि सके । बिगतमा डिे एण्ड जे मार्ट चलायौ त्यसबाट खासै मुनाफा भएन । त्यति राम्रो हुने नेदेखिएपछि त्यो बन्द ग¥यो । अहिले राम्रो छ । निकट भविष्यमा नयाँ योजना छैन केही राम्रो काम गरौ भन्ने छ । तर के गर्ने भनेर अहिले अध्ययननै गर्दैछौं । जथाभाबी लगानी गरेर पनि भएन । अहीले सहकारीमा जसको शेयर छ उहाँहरुको घरमा कोही बितेमा एक लाख हुनेलाई पचासहजार सहयोग दिन्छौ । पचास हुनेलाई पच्चीस हजार सहयोग दिन्छौ । यो फिर्ता गर्ने गरी होईन दुखमा साथ हो । अहिले त सदस्यहरुले केही गर्दछौ भनेमा ऋण दिन्छौ । सहकारी आफैलेत नयाँ लगानी गरेर व्यवसाय गर्ने सोचेका छैनौं ।

अहिले तीन तहका सरकार बनेपछि सहकारीको अनुगमन र संञ्चालनमा कस्तो छ ?
तीन तहले अनुगमन गर्ने भन्दा केही अलमल त छ । हामीले त स्थानिय तहबाटै काम गरी रहेका छौ । केही सहकारी प्रदेमा पनि गएका छन । तीन खम्बे अर्थतन्त्रको एउटा खुट्टा सहकारी हो । त्रिखुट्टेको एउटा खुट्टाले टेकेन भने त्रिखुट्टी ढल्छ । सहकारी राम्ररी अगाडी नबढे समग्र अर्थतन्त्रनै असर पर्दछ । त्यसैले सहकारीलाई राम्ररी अगाडी बढाउन राज्य, सहकारीका छाता संस्था सहित सहकारी आफै पनि गम्भिर बन्नु पर्दछ । तर तीन तह भए पनि अनुगमन राम्रो छैन । केबल दस्तुर उठाउने मात्र काम भएको छ । ठुलालाई कम सानालाई बढी दुख दिएको देखिन्छ ।

यहाँले त सहकारीको अतिरिक्त बेस लाईन होल्डीङस र एपोलो पोलिक्लीनिक हस्पीटल पनि चलाई रहनु भएको छ यी कसरी चल्दै छन ?
बेसलाईन होल्डीङ दुई बर्ष पहिला खोलेका हौ । म त्यसमा अभिभावकको रुपमा छु । यो मेरो छोरा र संजय कक्षपती मिलेर चलाएको कम्पनी हो । अर्काे ठमेलमा अपोलो पोलिक्लिनिक भनेर चलाई रहेका छौ । कोरोनाका कारण यो दुई बर्ष राम्ररी चलाउन सकेनौ । अहिले हस्पीटल पुन चलाएका छौ । आर्मीका डक्टरहरु हुनु हुन्छ । त्यहाँ बिभिन्न रोगको उपचार हुन्छ । १५ बेड सम्मको हस्पीटको स्वीकृती नगरपालिकाले दिने भएकोले काठमाडौं महानगरको स्वीकृती लिएर चलाएका छौ । हामीकोमा सबै रोगको उपचार हुन्छ । ईएनटी ,गाइनो ,दाँत लगायत सबैरोगको उपचार हुन्छ ,थेरापीमा त हाम्रो पहिलै देखि नाम चलेको छ । यो ऊ भन्ने छैन सबै रोगको उपचार हुन्छ , सबै रोगका बिज्ञ डक्टर हुनु हुन्छ ।-केशव अर्याल