विचार/अन्तर्वार्ता

६० बर्ष मुनिका युवाहरुको नेतृत्वमा समाजवादी मोर्चा बन्नु पर्दछ : रिजाल

ईश्वर रिजाल (सुशिल), अध्यक्ष जसपा नेपाल गैरभौगोलिक प्रदेश
ईश्वर रिजाल (सुशिल) जसपा नेपालका केन्द्रिय सदस्य एवं गैर भौगोलिक प्रदेशका अध्यक्ष हुन । जसपाभित्र बौद्धिक नेताको रुपमा परिचित रिजाल अन्यन्त क्रिर्याशिल युवा नेताको रुपमा समेत परिचित छन् । आफूहरु अग्रगामी राजनीतिक बिचार बोकेर अगाडी बढेको बताउने रिजालले अब समाजवादी केन्द्र बन्नु पर्ने धारणा राख्छन् । समाजवादी केन्द्र निर्माणका लागि युवालाई नेतृत्व दिनु पर्ने पनि उनको धारणा छ । अहिलेको सरकारबाट धेरै आसा नगरेको बताउने रिजालले केपी ओलीको विकल्पमा बाध्य भएर शेर बहादुर देउवालाई नेतृत्व स्वीकारेको बताउछन् । प्रस्तुत छ यीनै बिषयको सेरोफेरामा रहेर रिजालसँग गरिएको कुराकानी :

जनता समाजवादी पार्र्टीको अहिले कसरी अगाडी बढ्दै छ ?
पुराना पार्टीले राम्रो काम गर्न सकेनन भनेर हामीले आर्थिक संमृद्धीको एजेण्डा सहित नयाँ शक्ति पार्टी गठन गरेका थियौ । हाम्रो देशमा काँग्रेस पार्टी छ , कम्युनिष्ट पाटीहरु पनि छन । उनीहरुले पुँजीवाद र साम्यवादी बिचार बोकेका छन् । हामीले हिजोका पुँजीवादी भन्नेहरुले बोकेको बिचारमा भएका टुर्टीहरु ,साम्यवादीहरुले बोकेको विचारमा भएका टुर्टीहरु सच्चाउँदै एउटा नयाँ विश्व दृष्टिकोण अर्थात अग्रहगामी बिचार अहिलेको आवश्यकता हो भन्ने महशुस गर्दै नयाँ शक्ति पाँँर्टी गठन गरेका थियौ । पछि अग्रगामी सोच राख्ने शक्ति एकठाउँमा हुनु पर्द भन्ने मान्यता सहित संघिय समाजबादी फोरम र नयाँशक्ति पार्टी बिच एकिकरण गरेर समाजवादी पार्टी बनायौ । त्यसपछि यतिले मात्र पग्दैन अरु पनि अग्रगामी शक्ति एकठाँउमा हुनु पर्दछ भनेर समाजबादी पार्टी र राजपा बीच एकता गरी जनता समाजबादी पार्टी बनायौ । यसलाई कतिपयले तेस्रो शत्ति भन्छन् । तर म त भन्छु, हामी पहिलो पनि होईनो दोस्रो वा तेस्रो पनि होईनौ । हामी लेफ्टीस्ट वा राईटिस्ट पनि हाईनौ । हामी फ्रन्टीस्ट हौ । अहिले यही मान्यता साथ सबै अग्रगामी शक्ति एकता गर्ने योजना साथ अगाडी बढी रहेका छौ ।

अग्रगामी शक्ति एकता गर्ने योजना साथ अगाडी बढी रहेका बताउनु भयो तर महन्त ठाकुरहरुले भएकै पार्टीबाट बाहीरीएर अर्काे पार्टीका बनाउनु भयो । यसले त असर गर्ला नि ?
नेपालका पार्टी र नेताहरुले कुनै बिषयमा निर्णय गर्दा आत्मनिर्भर नभई परनिर्भर जस्ता देखिएका छन । मेरो पार्टी मैले कसरी अगाडी बढाउने भन्ने भन्दा पनि म कसको छत्रछाँयाँमा बस्दा कस्ले भनेको मान्दा भोली मलाई अगाडी बढ्न सहज हुन्छ भनेर सोही अनुसार चल्लने प्रबृती बढेको देखिन्छ । हाम्रो पाटीमा पनि पार्टीका बृद्ध नेता महन्त ठाकुरले बिचारलाई महत्ब दिनु भएन । उहाँ पेसाबाट अबकास लिए पछि राजनितीमा आउनु भएको थियो । उहाँमा पार्टीलार्ई कसरी अगाडी बढाउने भन्ने सोच नहुदा पार्टी फुट्यो ।

उहाँहरु पार्टीबाट बाहिरीनु भयो । जहाँ कमजोरी हुन्छ ,जहाँ बिचार एजेण्डा हुदैन त्यहाँ अरुले खेल्छन । हाम्रोमा पनि खेले । ईतिहास बनाउने ब्यक्तिले हो । जंगबहादुर राणा, डा केआई सिह, रुपचन्द्र बिष्ट (रुदाने) पनि ब्यक्तिनै हुन । उनीहरुका पछि पनि कुनै ठुलो शक्ति, थिएन तर उनीहरुले जे जस्ता काम गरे त्यसकाकारण हामाीले अहीले पनि सम्झन्छौ ।

नेतृत्वमा रहेको ब्यक्तिले ठिक निर्णय नगर्दा पार्टीमा असर अपर्नै रहेछ । हाम्रोमा पनि त्यस्तै भयो । अर्थात समुन्नत समाजवादी विचार र दृष्टिकोण विकास गर्नु पर्दछ भनेर हामी लाग्यौ तर महन्त जीहरुले एैजेण्डा छाडी अरुको ईसारमा चल्दा यस्तो भयो । विचार दृष्टीकोण, संगठनात्मक पद्धती मान्ने हिजो राजपाकै नेताहरु महेन्द्र राय यादब, राजकिसोर यादब, मनिस सुमन सहित धेरै त जसपामै हुनु हुन्छ ।

जसपालाई बैकल्पिक शक्ति भन्नु हुन्छ तर व्यवहारमा त अन्य पार्टीको भन्दा फरक छैन अब तपाईहरुलाई कसरी बैकल्पिक पार्टी भन्ने ?
आम मान्छेले सामन्य रुपमा सुन्दा त सबैले समाजबाद भन्छन उस्तै होला भन्ने लाग्न सक्छन । तर मसिनो गरी हेर्दा भने फरक छ । फरक दृष्टीकोण भएकोले नै अलग अलग पार्टीहरु बनेका हुन । समाजबाद त काँगे्रसले पनि भन्छ । माधब नेपालहरुले पनि अहिले खोलेको पार्टीको नाम नेकपा एकिकृत समाजबादी नै राखेका छन् । डा. बाबुरम भट्टराईले २०५८ सालमा गोलेमेच सम्मेलन हुदै समाजबादमा जाने भन्नु भएको थियो । अहिले देश त्यतै जाँदै छ । अरुको भन्दा हाम्रो पार्टीका एजेण्डामा भिन्नता छ ।

हामीेले प्रत्यक्ष निर्वाचित राष्टपति, पुर्णसमाबेसी संसद भनेका छौ । त्यस्तै आर्थिक संमृद्धी भनेका छौ यी कुरा अरु पार्टीका भन्दा फरक छन् । चाईना भारत कै ईतिहास हेर्दा पनि लडाई लड्ने क्षमता हुने तर आर्थिक बिकास गर्ने क्षमता नहुने देखिएको छ । ध्वंस र निमार्ण एउटैले गर्न नसक्ने रहेछन । चिनमा माओले युद्ध गरे पनि आर्थिक संमृद्धी त देडसायो पिडको पालामा भएको हो । नेपालमा पनि अब अग्रगमनको ऐजेण्डा सहित बिकास र समृद्धीको एजेण्डा लिएर अगाडी बढ्नु पर्दछ ।
भारतमा केजरी वाल, मलेसियामा मोहमद माथिर जस्ता नेता अगाडी आएका छन । नेपालमा पनि अब नयाँ सोच सहित अहिले भन्दा नयाँ सिष्टममा जानु पर्दछ । अब सिद्धान्त, व्यवहार सबैमा एउटा वैकल्पिक दृष्टीकोण विकास गरेर अगाडी बढ्नु पर्दछ भन्ने हाम्रो धारणा हो । यसरी विचारमा विकल्प दिन हामी गम्भिर रुपले लागिरहेका छौं, र दिएका पनि छौ । संगठनात्मक पद्यती र संस्कृतिमा विकल्प दिने जुन प्रश्न छ । अहिले हामी प्रकृयामै छौ । प्रकृया पुरा भएपछि बिचार सिद्धान्त संगठनात्मक पद्यती व्यवहार सबैमा विकल्प आउँछ ।

हामीले हाम्रो राजनीतिक दस्ताबेजमा पहिचान सहितको सङ्घीयत, समाजवादी अर्थ–राजनीति ब्यबस्था, बिभिन्न जात, जाति, भाषा, लिङ्ग, धर्म, संस्कृतिका समुदायहरूलाई राज्यको नीति निर्माणमा सहभागी गराउने, आर्थिक र सामाजिक न्याय दिने भनेर प्रष्ट उल्लेख गरेका छौ । समाजमा पछि पारीएका वर्ग, वर्ण, जात, जाति, लिङ्ग र सीमान्तकृत तथा बहिष्करणमा पारिएका समुदायहरूको संरक्षण गर्ने । उत्पीडित राष्ट्रियता, महिला, शिल्पी÷दलितलगायत समुदायलाई मुल प्रवाहमा ल्याउने कुरा त अरु पार्टीका छैनन । हिमाल, तराई, पहाड मिलाउने र जस्तो समाज छ, त्यस्तै पार्टी बनाउने कुरा त अरुको छैन । आम मान्छेले सामन्य रुपमा सुन्दा त सबैले समाजबाद भन्छन उस्तै होला भन्ने लाग्न सक्छन तरमसिनो गरी हेर्दा भने अरु र हामी बिच धेरै फरक छ ।

अन्य शक्ति खास गरी दाहाल, माधब नेपाल, बाबुराम उपेन्द्र बिच एकता हुदै छरे नि ?
अहिले पाटी एकता नै हुने भन्ने त मिडीयाको हल्ला हो तर समाजबादी शीक्त एकिकृत त हुदै गएको सत्य हो । अग्रगामी, बैकल्पीक शक्ति बलियो बनाउने भन्ने छ । पार्टी एकता नै त अहिले नहोला तर चुनाबी मोर्चा बन्न सक्छ । ब्यक्ति गत हठका कारण पार्टी एकता त मैले सम्मभव देख्दीन तर चुनाबी मोर्चा बन्न सक्छ । मेरो ब्यक्तिगत धारणा भन्नु हुन्छ भने ६० बर्ष मुनिका युवाहरुको नेतृत्वमा समाजवादी मोर्चा बन्नु पर्दछ । यीनै दाहाल, माधब नेपाल, बाबुराम, उपेन्द्रलाई नेतृत्व दिएर नयाँ समाजवादी ध्रुर्बीकरण हुदैन । नेताहरु नयाँ पुस्तालाई नेतृत्व दिन तयार होलान जस्तो लाग्दैन किन कि अझै पनि कतै न कतै त्यागको कमि छ । बाबुराम भट्टराई, असोक राई हरुले त्याग गरेकोले बिगतमा पार्टी एकता भएको हो । माधब नेपाल, दाहा पनि एक्लै जाँदा चुना जित्न गाह्रो छ । मधेशमा जसपाको आधार छ । पहाडमा माओबादी र समाजबादीको आधार छ मिलेर जादाँ चुनाब जित्ने स्थीती हुन्छ ।

सुज अभियान कसरी चल्दै छ ?
संघिय समाजबादी फोरम र नयाँ शक्ति पार्टी बिच एकिकरण गरेर समाजवादी पार्टी बने पछि हामीले संगठन बिस्तार तथा सुढृढीकरण अभियान भनेर चलाउदै थियौ । यही बिचमा राजपासंग पार्टी एकता भयो । त्यसैले बीचमा अभियान रोकियो एउटा त यो भयो अर्को कोभिड—१९ का कारण पनि बिचमा संगठनका काम भएनन । संगठन जमेर बसे जस्तो भयो । यस्तै यो बिचमा राष्ट्रिय राजनीतिमा बिकसित घटना परिघटनाले पनि पार्टीको आन्तरिक राजनीतिमा केही असर पा¥यो । अब पार्टी निमार्ण प्रकृया तीब्र रुपमा अगाडी बढ्छ । सुज अर्थात सुढृडीकरण एवं जागरण अभियानमा भनेर चलाएका छौ । यसमा उचित विधि प्रकृयाबाट पार्टी एकता र संगठनात्मक समायोजन प्रकृया सकेर एउटा व्यवहारमै वैकल्पिक शक्ति बनाउने अभियान हो ।

राजपाबाट एकतामा आउनु भएका केही साथीहरु बाहिरीए पनि अरु साथीहरु जसपामै रहने निश्चित भएको छ । यसलाई समेत आधार मान्दै एकता प्रकृया अगाडी बढाउँछौ । अहिले प्रदेश स्तरको अभियान सकिएर जिल्ला स्तरका अभियान चल्दै छन । यो क्रममा अन्य पार्टी छाडेर हाम्रो पाटीमा आउने क्रम पनि बढ्दो छ । हाम्रो गैर भुगोल प्रदेशमा भने धेरै साथीहरुलाई कोभिड भएकोले केही समस्या भएको छ । तै पनि अभियान चलि रहेकै छ ।

सरकारमा कहिले सम्म जानु हुन्छ ?
पार्टीले सरकारमा सामेल हुने निर्णय गरी सकेको छ । हाम्रो पार्र्टीको पनि केन्द्रिय कार्यकारी समितिको बैठकले समावेशीतालाई ख्याल गर्दै सरकारमा सामेल हुने साथीहरुको टिम चयन गर्ने जिम्मा अध्यक्षद्धय बाबुराम भट्टराई र उपेन्द्र यादव तथा वरिष्ठ नेता असोक राई गरी तीनजनालाई दिएको छ । दल बिभाजन सम्बन्धी अध्यादेश खारेज भए पछि जाने कि भन्ने पनि छ । मैले सरकाको पाटो भन्दा पार्टीको पाटोमा बढी ध्यान दिने गर्दछु त्यसैले धेरै बुझेको छैन । तर आजभोलीमै सरकारमा सामेल हुने अवस्था नहुन सक्छ । किनकी अध्यादेश निस्कृर्य भएपछि जाने कि भन्ने पनि छ । त्यस्तै सरकारले मनपरी रुपमा आफ्ना दलका मान्छे नियुक्ति गर्ने सम्मानित गर्ने जे गरेको छ त्यो हामीलाई त्यती चित्त बुझेको छैन । अर्का तफ एकिकृत समाजबादीले अदालतमा मुद्धा भएकोले नाम नदिएको होला ।

अलि फरक प्रसंग तर्फ लागौ यहाँहरुको समेत समर्थनमा बनेको सरकारका कामलाई कसरी हेर्नु हुन्छ ?
मैले माथि पनि भने सरकारका काम धेरै चित्त बुभm्ने खालका छैनन । यो सरकारले पनि ओली सरकाले भन्दा धेरै काम गर्दछ भन्ने त लाग्दैन । प्रतिगमन कारी ओलीलाई हटाउनै पर्नै भए पछि हामीले बाध्य भएर शेरबहादुर देउवालाई साथ दिएका हौ । अहिले त सरकारले पुर्णता पाएको पनि छैन । सय दिन त हनिमुन पिरेड पनि भन्छन । त्यसैले धेरै कमेन्ट नगरौ, धेरै राम्रो काम गर्दछ भन्ने छैन नराम्रो नगरे हुन्थ्यो भन्ने हो ।, अहिले सम्म नराम्रो गरेको छैन । आशा छ अब पनि नगर्ला । गठबन्धनका दल संग सल्लाह गरेर काम गर्नु पर्दछ ।

जसपा फेरी फुट्न सक्छ भन्ने पनि छन नि ?
अहिले पार्टी फुट्ने अबस्था छैन जो जाने गए अब अरुले फुटाउने अवस्था छैन । फुट्छ भनेर जस्ले भन्ने गरेका छन् उनीहरुले समाचार नपाए र यस्तो भन्ने गरेका हुन ।