स्पोर्ट-मनोरञ्जन

विश्वकप फुटबलः कतारमा ‘अल–रिहला’ बलबाट खेल हुने, ९२ वर्षमा कति पटक बल परिवर्तन भए र के के परिवर्तन भए ?

विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता विश्वकप २०२२ नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा हुने भएको छ । यसका लागि एडिडास कम्पनीले नयाँ बल सार्वजनिक गरेको छ । एडिडासले उक्त बलको नाम ‘अल रिहला’ राखेको छ । अरबी भाषामा यो शब्दको अर्थ यात्रा हो । सन् १९३० देखि जारी विश्वकपमा हालसम्म २१ प्रकारका बल प्रयोग भइसकेको छ । एडिडासले सन् १९७०को विश्वकप देखि बल बनाउँदै आएको छ । यो उनको १४ औं बल हो ।

विश्वकप फुटबल खेलमा अहिलेसम्म प्रयोग भएका बलहरु
१९३० मा (टीयान्टो–टी मोडेल–एम): उरुग्वेले प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिता टी–मोडेल बल प्रयोग गरिएको थियोे । फाइनलमा अर्जेन्टिनाको टोली यो बलसँग सहमत भएन । यसका लागि फिफाले पहिलो हाफमा अर्जेन्टिनाले ल्याएको टियान्टो बल र दोस्रो हाफमा उरुग्वेबाट आएको टी–मोडल बल प्रयोग भएको थियो । उरुग्वेको बल भारी थियो । बलमा १३ वटा प्यानल थिए । एक ठाउँमा सिलाई प्रयोग गरिएको थियो ।

१९३४ (फेडरल १०२): इटालीद्वारा आयोजित, फेडरल–१०२ बल संग खेल आयोजित गरिएको थियो । यो १९३० को विश्वकपमा प्रयोग भएको बल जस्तै थियो ।

१९३८ (एलेन): फ्रान्सद्वारा आयोजित एलेन बलको साथ आयोजित गरिएको थिया । यस पटक सिलाई बिन्दुमा तीनवटा प्यानलहरू थिए । अन्य ठाउँमा दुईवटा प्यानल मात्र प्रयोग गरिएको थियो ।

१९५० (सुपर डुप्लो):  ब्राजिलले पहिलो पटक विश्वकप आयोजना ग¥यो । यसमा सुपर डुप्लो बलसँग खेलहरू भएका थिए । पहिलो पटक यस्तो बल प्रयोग गरिएको थियो जसमा न हावा आउन सक्छ न जान सक्छ ।

१९५४ (स्विस डब्लुसी बल): स्विट्जरल्याण्डमा भएको विश्वकपमा पहिलो पटक १८ प्यानल भएको बलले खेलहरू आयोजना भएको थिया । फिफाद्वारा आधिकारिक रूपमा बलको साइज, तौल र व्यास निर्धारण गरिएको थिया ।

१९५८ (शीर्ष तारा): यो बल १०० भन्दा बढी उम्मेद्वारहरूको परीक्षा लिएर फिफाद्वारा चयन गरिएको थियो । यो विश्वकप स्वीडेनमा भएको थियो ।

१९६२ (क्रैक): चिलीमा भएको विश्वकपमा क्रैक बल प्रयोग गरिएको थियो । यसमा अष्टभुज प्यानलहरू थिए । पूरै विश्वकपमा यो बलबाट खेलहरु खेलिएका थिएन ।

१९६६ मा (च्यालेन्ज): इङ्गल्याण्डले विश्वकपको आयोजना ग¥यो । यस पटकको बललाई च्यालेन्जको नाम दिइएको थियो । बलको रङ्ग नारङ्गी थियो ।

१९७० को (टेलस्टर): विश्व कप मेक्सिकोमा आयोजित भयो । एडिडासले पहिलो पटक बल बनायो । एडिडास कम्पनीले त्यसबेलादेखि बल बनाउँदै आएको छ । पहिलो पटकको बलमा ३२ प्यानल थिए । सेतो र कालो रंगको प्रयोगले यस बललाई टिभीमा हेर्न सजिलो बनायो ।

१९७४ मा (टेलस्टरडुरलास्क): पश्चिम जर्मनीले यस पटक विश्वकप आयोजना गर्यो । पहिलो पटक बल वाटरप्रुफ बनाइएको थियो ।

१९७८ (टैंगो): अर्जेन्टिनामा विश्वकप आयोजना भएको थियो । यस पटक टैंगो बल प्रयोग गरिएको थियो । ओलम्पिक र युरोपेली च्याम्पियनसिपका खेलहरू यही बलबाट आयोजित हुन्थ्ये ।

१९८२ मा (टैंगा स्पाना): स्पेनले विश्वकप आयोजना ग¥यो । यस प्रतियोगितामा अन्तिम पटक छालाको बल प्रयोग गरिएको थियो ।

१९८६ मा (एजटेका): मेक्सिकोले फेरि विश्वकपको आयोजना ग¥यो । एडिडासले यस पटक बललाई एजटेका नाम दियो । पहिलो पटक सिंथेटिकबाट बनेको बल प्रयोग गरिएको थियो ।

१९९० मा (टे«वस्को): इटालीले पोलियरेथेन प्रयोग गरेर बनाइएको बलको साथ खेलहरू आयोजना गर्यो । यो वजनमा हल्का थियो ।

१९९४ मा (क्वेस्ट्रा): संयुक्त राज्य अमेरिकाले पहिलो पटक विश्वकपको आयोजना ग¥यो । यस पटक बलको नाम क्वेस्ट्रा थियो । पोलिस्टायरिनको प्रयोगका कारण बल पहिले भन्दा छिटो गुड्थ्यो ।

१९९८ (ट्राईकलर): यस पटकको विश्वकप फ्रान्सले आयोजना ग¥यो । सेतो र कालो बलको सट्टा, फ्रान्सेली झण्डाबाट प्रेरित तीन रंगको बलमा प्रयोग गरिएको थियो ।

२००२ (फेरनेवा): यस पटकको विश्वकप खेलहरू कोरिया र जापानमा आयोजना गरियो । त्रिकोणीय डिजाइनको कारण, फेरनेवा आधुनिक विश्व कपको उत्कृष्ट बल भएको मतदान गरिएको थियो ।

२००६ को (टीमजेस्ट): विश्व कप जर्मनीमा आयोजित भएको थियो । यस पटक बललाई टिमगेस्ट नाम दिइएको थियो । यो पहिलो १४ प्यानल बल थियो ।

२०१० मा (जबुलानी): पहिलो पटक दक्षिण अफ्रिकामा फुटबल विश्वकप आयोजना भएको थियो । पहिलो पटक बलमा आठ प्यानल प्रयोग गरिएका थियो । हावामा गति र असमान स्विङका कारण यो विश्वकपमा इतिहासकै सबैभन्दा विवादास्पद बल साबित भएको थियो ।

२०१४ (ब्राजुका): ब्राजिलमा भएको विश्वकपको नाम ब्राजुका राखियो । पहिलो पटक, फ्यानहरूले विश्वकपको बलको नाम रोजे । यस पटक कम्तिमा छ प्यानल प्रयोग गरिएको थियो ।

२०१८ (टेलेस्टर–१८): रसियामा पहिलो पटक विश्वकप आयोजना गरिएको थियो । अघिल्लो पटक जस्तै यस पटक पनि बलमा ६ वटा प्यानल थिए ।

२०२२ (अल–रिहला): यस पटकको विश्वकप पहिलो पटक कतारमा हुने भएको छ । अल–रिहलाको अर्थ ’यात्रा’ हो । कम्पनीका अनुसार यस पटकको बलमा गति र शुद्धता रहेको र यो इतिहासमा अहिलेसम्मकै सबैभन्दा छिटो हावामा गुड्ने बल हो ।