टोक्यो, जापान । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको शुक्रबार बिहान गोली हानी हत्या गरिएको छ । आबेले नारा शहरमा चुनावी प्रचारका क्रममा सम्बोधन गरिरहेका थिए । ४२ वर्षीय आक्रमणकारीले पछाडिबाट गोली हानेका थिए। आरोपीलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो । मिडिया रिपोर्टका अनुसार अभियुक्तको नाम यामागामी तेत्सुया हो र उनी आबेको नीतिबाट असन्तुष्ट थिए।
दुई गोली लागेपछि आबे ढलेका थिए। उनलाई हेलिकप्टरबाट नारा मेडिकल युनिभर्सिटी अस्पताल लगिएको थियो । ६ घण्टासम्म चिकित्सक टोलीले उनलाई बचाउने प्रयास गरेको थियो । उपचारका क्रममा आबेलाई हृदयघात पनि भएको थियो । घटना नेपालको समय अनुसार बिहान ८ बजे (जापान समय अनुसार ११.३० बजे) भएको हो । आबेको ज्यान बचाउन खोजेको मेडिकल टोलीमा संलग्न एक डाक्टरले आबेको मुटुमा लागेको गोली लागेको बताएका छन् ।
Add Comment