अन्तराष्ट्रिय

भारतले रुसबाट किनेको तेलको हरेक थोपामा हाम्रो रगत भेटिन्छ, भारतलाई युक्रेनको भावपूर्ण अपील 

कीभ । युक्रेनले भारतले रुसबाट किनिरहेको तेलको प्रत्येक थोपामा हाम्रो रगत भेटिएको छ भन्दै भावुक अपील गरेको थियो । युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले बुधबार यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले विगत ६ महिनादेखि भारतीय तेल कम्पनीहरूले मई महिनासम्ममा रुसबाट २ करोड ५० लाख ब्यारेल तेल आयात गरेका थिए ।

रुसले २४ फेब्रअरीमा युक्रेनमा हमला गरेपछि अमेरिका र युरोपेली देशहरूले त्यसमाथि कडा प्रतिबन्ध लगाएका थिए । युक्रेन युद्धपछि भारतले रुसबाट तेल आयात बढाएको छ र पश्चिमी देशहरूको आलोचनाका बाबजुद पनि भारतसँग व्यापार जारी राखेको छ । साउदी अरेबियालाई उछिन्दै रुसको मई महिनामा भारतको दोस्रो ठूलो कच्चा तेल आपूर्तिकर्ता बन्यो । इराक भारतलाई सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता हो । रुसले युक्रेनमाथि हमला गरिरहेको र भारतले रुसबाट लगातार तेल आयात गरिरहनु दुःखद् भएको बताए । उनले भने हामीले युद्धका बेला भारतीय विद्यार्थीहरूलाई सुरक्षित रूपमा आफ्नो देश पठाउन मद्दत ग¥यौं । यस्तो अवस्थामा हामीले भारतबाट युक्रेनलाई बलियो सहयोगको अपेक्षा गरेका छौं ।

भारतका विदेशमन्त्री एस जयशंकरले रुसबाट तेल किन्ने भारतको निर्णयलाई अमेरिका र विश्वका अन्य देशहरूले कदर नगर्ने तर नयाँ दिल्लीले कहिल्यै आफ्नो अडानको रक्षा नगरेकोले स्वीकार गरेको बताएका छन् । तेल र ग्याँसको मूल्य अवास्तविक रूपमा उच्चको सामनामा जनताप्रति सरकारको दायित्व हो । जयशंकर भारत–थाइल्याण्ड संयुक्त आयोगको नवौं बैठकमा भाग लिन मंगलबार बैंकक पुगेका थिए र एक कार्यक्रममा भारतीय समुदायका सदस्यहरूलाई भेटेका थिए ।

यसैबीच युक्रेन र रुसबीच चलिरहेको युद्धको बीचमा रुसबाट सस्तो मूल्यमा तेल किन्ने भारतको निर्णयको बचाउ गर्दै उनले अहिले धेरै भारतीय आपूर्तिकर्ताले रुसभन्दा कम तेल खरिद गर्ने युरोपमा आपूर्ति गर्न थालेको बताए । उनले भने कि तेलको मूल्य अवास्तविक रूपमा उच्च छ र ग्यासको मूल्य पनि उच्च छ । युरोपले रुसबाट कम तेल किन्ने भएकाले धेरै परम्परागत एसियाली आपूर्तिकर्ताले अहिले युरोपमा आपूर्ति गरिरहेको उनले बताए ।

एक प्रश्नको जवाफमा जयशंकरले भने आजको अवस्था यस्तो छ कि हरेक देशले आफ्ना नागरिकका लागि सबै भन्दा राम्रो डिल प्राप्त गर्ने प्रयास गर्दछ ताकि यसले यी उच्च मूल्यहरूको प्रभाव सहन सक्छ र हामी त्यही गरिरहेका छौं । जयशंकरले भनेहामी हाम्रो चासोको बारेमा धेरै खुला र इमानदार छौं । मेरो देशमा प्रतिव्यक्ति आय दुई हजार डलर छ । यी मानिसहरूले ऊर्जाको अत्यधिक लागत वहन गर्न सक्दैनन् ।

उनले भारतको हित सर्वोपरि हुने कुरा सुनिश्चित गर्नु सरकारको दायित्व र नैतिक कर्तव्य भएको बताए । रुसको तेल खरिदका कारण अमेरिकासँग भारतको सम्बन्धमा परेको असरबारे सोध्दा जयशंकरले भने मलाई लाग्छ अमेरिका मात्र होइन, अमेरिकालगायत सबैलाई थाहा छ हाम्रो स्थिति के हो र उनीहरू यसबारे चिन्तित छन् । उनले भने, जब तपाई खुलेर र इमान्दारीपूर्वक बोल्नुहुन्छ, मानिसहरूले यसलाई स्वीकार गर्छन् ।