अन्तराष्ट्रिय

दक्षिण कोरियामा ह्यालोवीन पर्वमा भागदौड मच्चिँदा १५१ जनाको मृत्यु, ८२ घाइते

सियोल । दक्षिण कोरियाको राजधानी सियोलमा शनिबार राति हेलोवीन पर्वको क्रममा भागदौड मच्चिएको छ । भागदौड दुर्घटनामा १५१ जनाको मृत्यु भएको र तीमध्ये धेरैलाई हृदयघात भएको थियो । भागदौडमा ८२ जनाभन्दा बढी घाइते भएको बताइएको छ ।

प्रहरी अधिकारी चोई चेओन–सिकका अनुसार इटावान लेसर क्षेत्रमा महोत्सवका क्रममा लाखौं मानिस साँघुरो सडकमा आएपछि भागदौड भएको थियो । भीडमा थिचेर धेरैको ज्यान गएको छ । कतिपयलाई हृदयघात भएको थियो । मृत्यु हुनेमा १९ विदेशी नागरिक रहेका छन् । जसमध्ये ३ जना चिनियाँ नागरिक थिए । दुर्घटनापछि देशभर एक दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

धेरैलाई सास फेर्न समस्या भएको आपतकालीन विभागका अधिकारीहरूले बताएका छन् । यी सबैलाई सीपीआर दिइयो । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले घाइतेहरुको राम्रो उपचार गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । यससँगै चाडपर्वस्थलको सुरक्षाको समीक्षा गर्न पनि आग्रह गरिएको छ ।

हेलोवीन को समयमा बुराईहरुको झांकिहरु प्रस्तुत गरिन्छ । ठूला र बच्चा भूत, प्रेत, पिशाचको वेभूषामा तयार हुने गर्छन । यो हेलोवीन त्योहार मान्ने मानिसहरू नकारात्मक अथवा नराम्रो विषयहरु हटेर जान्छन् र सकारात्मकता बढाउँछ ।