जानकारी

चीसोको मौसममा युरिक एसिडले दिने दुःखबाट खानपानले बचाउनसक्छ

युरिक एसिडका बिरामीले फाइबरले भरिपूर्ण यी ३ दाना खानुपर्छ, जोर्नी दुख्ने समस्याबाट राहत मिल्छ । युरिक एसिड बढ्दै जानु यस्तो समस्या हो जसका कारण उठ्न र बस्न गाह्रो हुन्छ । जाडोमा युरिक एसिडका बिरामीको समस्या बढी हुन्छ । यो सिजनमा युरिक एसिडको मात्रा बढ्नाले जोर्नी दुख्ने र सुन्निने समस्या हुन्छ । घट्दो तापक्रमले जोर्नीको कठोरता बढाउँछ । युरिक एसिड यस्तो टक्सिन हो कि यदि यो शरीरमा अड्कियो भने यसले शरीरलाई रोगी बनाउँछ । सामान्यतया सबैको शरीरमा युरिक एसिड बन्ने गर्छ र मिर्गौलाले त्यसलाई फिल्टर गरेर पिसाबको माध्यमबाट सजिलै शरीरबाट बाहिर निकाल्छ । तर जब शरीरमा प्यूरिनको मात्रा बढ्छ र मृगौलाले यसलाई फिल्टर गर्न नसक्ने अवस्थामा ती जोर्नीहरूमा क्रिस्टलको रूपमा जम्मा हुन थाल्छ । जोर्नीमा युरिक एसिड जम्मा हुँदा गाउट हुन्छ ।

खानामा प्युरिनयुक्त खानेकुराको सेवनले युरिक एसिडको मात्रा द्रुत रूपमा बढाउँछ । यदि युरिक एसिडलाई उपचार नगरी छोडियो भने यसले हड्डी, जोर्नी र तन्तुहरूलाई क्षति पु¥याउँछ । युरिक एसिडले मिर्गौला र मुटु रोगको जोखिम पनि बढाउन सक्छ । जसको युरिक एसिड उच्च रहन्छ त्यस्ता व्यक्तिले खानपानमा ख्याल गर्नुपर्छ । हाम्रो मुख्य आहार हाम्रो खाना हो । खानामा यस्ता दाना हुनु जरुरी छ जसले युरिक एसिड उत्पादन गर्दैन । जानौँ यस्ता ३ वटा दानाको बारेमा जसको सेवनले शरीरमा प्युरीको मात्रा नियन्त्रण हुन्छ र युरिक एसिड बन्दैन ।

ज्वारः युरिक एसिड बढी हुनेहरूले ज्वारको पिठोबाट बनेका खाने कुराहरु खानुपर्छ । युरिक एसिडका बिरामीको आहारमा प्रोटिन, हेल्दी फ्याटी एसिड, भिटामिन र मिनरल्स समावेश हुने पोषक तत्व समावेश गर्नुपर्छ । ज्वारको पिठो युरिक एसिडका बिरामीका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले युरिक एसिड नियन्त्रणमा रहन्छ ।

भातः युरिक एसिड भएका बिरामीले खानामा भात खानुपर्छ । चामल एउटा यस्तो अन्न हो जसमा प्युरिनको मात्रा निकै कम हुन्छ । युरिक एसिड उच्च हुनेहरूले भात खानुपर्छ । चामलले शरीरमा कम्प्लेक्स, कार्बोहाइड्रेट र भिटामिन बीको कमीलाई पूरा गर्छ। फाइबरयुक्त चामलले पाचन प्रक्रियामा मद्दत गर्छ । यसको सेवनले पिसाबको समस्या हट्छ ।

मुगको दालः युरिक एसिड बढी हुने व्यक्तिले मूगको दाल खान सक्छन् । अवश्य पनि मूंगको दालमा प्युरिनको मात्रा धेरै हुन्छ तर यसले युरिक एसिड बढाउँदैन । मुगको दालको सेवनले स्वास्थ्यमा धेरै फाइदा हुन्छ । यो दालले पाचन क्रियालाई ठीक राख्छ र पेटको गर्मी कम गर्छ । यसको सेवनले कब्जियत निको हुन्छ । पौष्टिक तत्वले भरिपूर्ण मूंग दालले युरिक एसिड रोगीको स्वास्थ्यलाई फाइदा गर्छ ।