नयाँ दिल्ली । खालिस्तान समर्थकहरूले क्यानडामा रहेका भारतीय कूटनीतिज्ञहरूलाई धम्की दिएका छन् । जुलाई ८ मा खलिस्तानी ¥याली गर्ने पनि चर्चा छ । खतरा देखेर भारतले कुनै पनि देशले खालिस्तानीलाई स्थान दिएमा त्यसले हाम्रो सम्बन्धमा प्रत्यक्ष असर पर्ने चेतावनी दिएको छ । विदेशमन्त्री डा एस जयशंकरले भनेका छन् हामीले हाम्रा सहयोगीहरू क्यानडा, अमेरिका, बेलायत र अष्ट्रेलियालाई खालिस्तानीहरूलाई ठाउँ नदिन अनुरोध गरेका छौं । कुनै पनि देशले यी खालिस्तानीहरूलाई शरण दिए पनि त्यसले सम्बन्धमा प्रत्यक्ष असर पर्ने उनको भनाइ छ । परराष्ट्रमन्त्रीले सामाजिक सञ्जालमा भाइरल भइरहेको पोस्टरको विषयमा ओटावा र क्यानडा सरकारसमक्ष उठाउने बताए ।
सामाजिक सञ्जालमा एउटा पोस्टर निकै भाइरल भइरहेको छ । पोस्टरमा खालिस्तान समर्थक तथा आतंकवादी हरदीप सिंह निज्जरलाई शहीदको रूपमा वर्णन गरिएको छ साथै दुई भारतीय कूटनीतिज्ञलाई हत्याराको संज्ञा दिइएको छ । उक्त पोस्टरमा ओटावास्थित भारतीय उच्चायुक्त सञ्जय कुमार वर्मा र टोरन्टोस्थित कन्सुल जनरल अपूर्व श्रीवास्तवलाई धम्की दिइएको थियो । त्यस्तै, असार ३ गते दिउँसो १२ः३० बजे ¥याली गर्ने पनि बताइएको छ । यसलाई खालिस्तान स्वतन्त्रता रैली भनिएको छ । पोस्टरका अनुसार यो ग्रेट पञ्जाब बिजनेस सेन्टरबाट सुरु भएर भारतीय दूतावाससम्म जानेछ । पोस्टरको फेदमा दुईवटा मोबाइल नम्बर पनि लेखिएको छ ।
खलिस्तान कमाण्डो फोर्सका प्रमुख हरदीप सिंह निज्जरलाई गत महिना १८ जुनमा ब्रिटिश कोलम्बियाको सरे सहरको गुरुद्वाराको पार्किङ स्थलमा गोली हानी हत्या गरिएको थियो । उनी भारतविरुद्धका गतिविधि र हिंसामा संलग्न थिए । भारत सरकारले निज्जरका लागि १० लाख रुपैयाँ पुरस्काको घोसणा गरेको थियो । पोस्टरलाई वरिष्ठ पत्रकार टेरी मिलेवस्कीले पनि शेयर गरेका छन् । यो निकै खतरनाक भएको उनले लेखेका छन् । १८ जुनमा गोली हानेर मारिएका हरदीप निज्जरका हत्यारा भन्दै खलिस्तानीहरूले भारतीय कूटनीतिज्ञहरूलाई निशाना बनाएर आफ्नो क्रोध निकालिरहेका छन् । यसमा भारतको भूमिकाको कुनै प्रमाण छैन । घोर गैरजिम्मेवार ।
एक वरिष्ठ भारतीय अधिकारीले भने अनुसार ग्लोबल अफेयर्स क्यानडा, देशको विदेश मन्त्रालय र रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) लाई भारतीय कूटनीतिज्ञ र अन्य कर्मचारीहरूको सुरक्षा गर्ने जिम्मेवारी दिइएको छ साथै ओटावा र टोरन्टो पुलिस विभागहरूलाई अनौपचारिक रूपमा सूचित गरिएको छ ।
Add Comment