नबिन पुन अर्थात यम बहादुर चोचाङ्गी पुन माटो जोगाऔँ अभियानका अध्यक्ष हुन । पर्वतको जलजला गाउँ पालिका, शालिजा भन्ने ठाउँमा जन्मेका नवीनको बाल्यकाल गाउँमै बित्यो । उनले गाउँकै सरकारी विधालयमा पढे । उनि सानैदेखी मानवता र पर्यावरणको लागि केहि गर्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्तित्व हुन् । नेपाल भित्र चलेका सामाजिक र राजनितिक परिवर्तनको आन्दोलनमा सहभागि हुदाँ नवीनले दाहिने आँखा गुमाए । विश्वमा वायु प्रदुषण बढेको, माटोमा रहेको प्राङ्गारिक तत्व नष्ट हुँदै गएको, तापमान बढेर समस्या भएको, हिउँ पग्लेर हिमालहरु काला पहाड बनेको, जिव जन्तु र मानवहरुका लागि बासस्थान असुरक्षित भएको प्रति उनि चिन्तीत छन् । त्यस्को समाधान मान्छेले नै गर्नु पर्ने बिचार राख्ने पुनले माटो जोगाऔँ अभियान लिएर नेपालका सातै प्रदेशहरुमा ३५०० किलोमिटर दौड सहित सचेतना कार्यक्रमहरु सन्चालन गरेका थिए । पुन अब विश्वव्यापी १००० वटा म्याराथन गर्ने तयारिमा छन् । दर्जन भन्दा बढी सामाजिक संघ संसथामा आबद्ध पुन संग उनको अभियानको बिषयमा केन्द्रीत रहेर तयार पारीएको सामाग्रीको सम्पादित अंश ।
१००० विश्वव्यापी म्याराथनको अवधारणा कसरी आयो ?
विश्वमा तापमान वृद्धि हुनेक्रम बढिरहेको छ । पृथ्विको पर्यावरणमा प्रतिकुल प्रभाव पार्ने क्रियाकलापहरु नियन्त्रित भएका छैनन् । जलवायु परिवर्तनको असर समस्त सजिवहरुले भोगिरहेको कारुणिक अवस्था हामिले देखिरहेकै छौं । यस बारेमा प्रसस्त अध्ययन, खोज, अनुसन्धान र निष्कर्षहरु पनि निस्किसकेका छन् । तथ्य तथ्याङकहरुका आधारमा हेर्दा विकसित औधोगिक देशहरुको कार्वन उत्सर्जन र विकासको नाममा गरिएका प्रकृतिको अति दोहन नै प्रदुषणका प्रमुख कारक देखिन्छन् । खतरापुर्ण अवस्थामा आईसकेको पर्यावरणलाई कसरी सुरक्षा गर्ने भन्ने चुनौति यतिवेला मानवजाती माथिको प्रमुख चुनौति हो । अब संसारभरका सचेत नागरिकहरु यो भयावह दृश्य टलुटुलु हेरेर बस्ने कि यसका विरुद्धमा आवाज उटाउने ? जथाभावि क्रियाकलापहरु गरेर, विकास र शस्त्राश्त्रको निर्माण गर्दै माहाशक्ति बन्ने अघिल्ला सताब्दिहरुको पुनरजागृत भुतलाई खबरदारि गरेर तह लगाउने ? प्रदुषणयुक्त उर्जा कम र नविकरणिय उर्जा बढि प्रयोग गर्न, प्रकृति माथिको अनुचित र अति दोहन नगर्न, मानवले मानवमाथि गर्ने विभेद अत्याचारहरु बन्द गर्न विश्व शान्तिको लागि वातावरण वनाउन सचेतना र खबरदारिको आवाज लिएर यो १००० विश्वव्यापी म्याराथन गर्न लागिएको छ ।
अभियान कहिलेबाट सुरु गर्नु हुन्छ ?
यो अभियान यसै वर्ष २०८० (२०२३ ) भदौ देखि थालनि गरिने छ । अभियान अवधि तिन वर्षको हुने छ भने अभियानमा पर्यावरण र मानवता रक्षार्थ निरन्तर जारिरहने छ । यस अभियानको लक्ष्य हासिल गर्न कुनै व्यक्ति, जाति, देशको एकल प्रयासबाट मात्र संभव छैन । यो अभियान विश्वभरका आम मानिसहरुको साझा अभियान भएकोले आ–आफ्नो ठाउंबाट अहम् भुमिकाको अपेक्षा गरेको छु ।
कसरी हुन्छ अभियान संचालन ?
यो नितान्त पर्यावरण र मानवतावाद केन्द्रित विश्वव्यापी साझा अभियान हो । यस अभियानमा आम मानिसहरुको स्वतःस्फुर्त सहयोग र सहभागिता हुने अपेक्षा गरिएको छ । यस अभियानको नाम (क्बखभ भ्बचतज बलम ज्गmबलष्तथ ) पृथ्वी र मानवता जोगाऔं हुनेछ भने १००० विश्वव्यापी म्याराथन अभियान संचालन गर्ने लक्ष्य राखिएको छ । म्याराथन संचालनमा आवश्यक सबै खर्च र कार्यालय संचालन खर्चको व्यवस्थापन, लेखापरिक्षण लगायत कामहरु रन टु सेभ सोयल नेपालले गर्ने छ । अभियान संचालनको समन्वय, खर्च व्यवस्थापन यसै संस्थाको पहलमा व्यक्ति, निजि तथा व्यवसायिक संस्था, राष्ट्रिय, अन्तराष्ट्रिय गैरसरकारी संस्था र सरकारी क्षेत्रबाट गरिने छ । त्यसका निम्ति आवश्यक जनशक्ति व्यवस्थापन समेत संस्थाले नै गर्ने छ । आवस्यक समन्वय र भेटघाट पनि सोहि अनुरुप गरिने छ ।
१००० विश्वव्यापी म्याराथनको महत्व कसरी बताउनु हुन्छ ?
मानवहरुको साझा घर पृथ्वीको रक्षार्थ हामी नै लाग्नु पर्ने कुरा बेलाबखत उठिरहन्छन् । आफ्नै घरको रक्षाको लागी हामी लाग्ने कि नलाग्ने ? लाग्दा किन र कसरी लाग्ने ? आदि प्रश्नहरुको जवाफ हामीले व्यबहारतः दिन सक्नुपर्दछ । त्यसको निम्ति नीति निर्माण तहहरुलाई जानकारी हुनुपर्दछ भने कार्यान्वयन गर्न सचेतना आवश्यक हुन्छ । पृथ्वीको पर्यावरण निकै नै बिग्रिसकेकोले सत्यलाई हामी आफै भोगिरहेका छौं । हिउं पग्लने, तापक्रम वृद्दि हुने, पानीको मुहानहरु सुक्ने, उत्पादन योग्य माटो मर्दै जाने, विभिन्न प्रजातीका जिव र वनस्पतिहरु लोप हुंदै जाने आदि खतराहरु हामी कसरी समधान गर्न सक्छौं ? यि सबै भएको हाम्रै क्रियाकलापका कमजोरीले गर्दा हो । हाम्रा कृयाकलापहरुलाई प्रयावरण मैत्री बनाउन सन्देशमुलक दौड गरी सबैको ध्यान चासो चिन्ता केन्द्रित गर्नै सोच छ । यो दौड भु–भाग का हिसाब सगरमाथा–मृत सागर सम्म गर्न लागिएको छु । मेरो यो डौड मानवता र पृथ्वी बचाउ अभियानको रुपमा दौड्ने विश्वव्यापी दौडको पहिलो चरण हुनेछ । सगरमाथाको आधार शिविरबाट दौडेर मृत सागरसम्म पुग्दा उच्च भागदेखी तल्लो भागसम्मको पर्यावरणीय अवस्थामा के कस्ता असरहरु परिरहेका छन् भन्ने बारेमा सचेतना जागरण गराईने हुनाले यसको महत्व निश्चय छ भन्ने लाग्छ ।
यसो गर्दा विभिन्न देशका सरकारहरुले नीति निर्माणमा गलत नगर्ने, जनस्तरमा सबै सचेत बनेर निष्कर्षमा पुग्ने गरि पर्यावरणको संरक्षणमा परिणाममुखी काम गर्न अभियानले सार्थक संदेश दिने छ । भने यसको मुख्य उद्देश्य यस भु–खण्डभित्र भईरहेको पर्यावरणिय क्षेत्रका गलत गतिविधिहरु रोक्दै मानिसहरुको सोच बदल्ने, नितिगत तहहरुमा घचघच्याउने, कार्यान्वयनलाई प्रभावकारी बनाउन भूमिका निभाउने, पृथ्वीलाई मानवियताको लागी अनुकुल बनाउन संदेश प्रवाह गर्ने ।
सगरमाथा–मृत सागर सेरोफेरो नै कि न ? अनी यो क्षेत्रमा के के गर्नु हुन्छ ?
नेपाल देखि जोर्डन–ईजरायलको सिमानामा पर्ने मृत सागरसम्मको म्याराथन अभियानमा मुख्यतः यस दुरी भित्र र सेरोफेरो एसियाको उच्च औधोगिक गतिविधिहरु गरिरहेका विशाल देशहरु पनि छन्, साना तथा मझौला देशहरु छन्, युरोपको नजिक र अन्य महादेशहरुको पनि चासो जोडिन सक्ने भएको हुनाले यस क्षेत्रलाई विश्वव्यापी अभियानको प्रस्थान बिन्दु बनाईएको छ । प्रथम चरणले नै विश्वभरी एउटा संदेश दिन सक्यो भने त्यसको महत्व अझ प्रभावकारी रुपमा वोध गराउन सकिन्छ । जलवायु परिवर्तनमा पनि यस क्षेत्रमा निकै ठुलो असर परेको हुनाले पनि पहिलो प्रयत्न यस क्षेत्रमा गर्न खोजिएको हो । यो भु–भागलाई बिस्तृत अध्ययन सहित यो दौड अभियानका क्रममा निश्चित कार्यक्रमहरु सहित योजना बनाउन पहल गर्दछौ । त्यस कार्ययोजनामा सम्बन्धित ठाउको बिशिष्टता, विशेषता अनुकुल गर्ने गतिविधिहरु बारे विज्ञ, विशेषज्ञ, अनुभव प्राप्त व्यक्ति व्यक्तित्वहरु तथा सरकार र संस्थाहरुबाट तथ्य, तथ्याङ्क, निति कार्यक्रमहरु बारे जानकारी सहित समस्या र समाधानका उपायहरु खोजी गरेर वस्तुगत सुझाव तयार पार्ने छौ ।
दौड सारतः संदेश प्रवाह गर्न हो । अग्लो भुभागदेखी होचो भुभागसम्म दौडेर विश्वको ध्यान पृथ्वी र मानवता बचाउन केन्द्रित गर्नु नै मुख्य कार्यक्रम र उद्देश्य भएकोले सोही विषयमा केन्द्रित भएर विविध तरिकाहरु अपनाईनेछ । यस दौडका क्रममा संदेश सभाहरु गर्ने, भेटघाट तथा छलफलहरु गर्ने, पर्यावरण र मानवता बचाउन सामग्रीहरु द्दारा सुचित गर्ने, गोष्ठी, अन्तरकृयाहरु गर्ने, शैक्षिक र सरकारी संस्थाहरुमा भेटघाट छलफल गर्ने, निजि क्षेत्र कुटनितिक नियोगहरु आदिसंग आबश्यकता र औचित्य हेरी कार्यक्रमहरु गरिनेछ । कार्यक्रमहरु मुलतः संदेश, सुचना तथा चेतना केन्द्रित हुनेछन् । यो अभियान राजनैतिक, धार्मिक, जातिय, नश्लिय आदि भन्दा पुर्णतः टाढा हुनेछ । कार्यक्रमहरु पृथ्वीको पर्यावरण बचाउन तथा संसारका सम्पूर्ण प्राणीहरु मध्येको सचेत तर कमजोर प्राणी मानव जातीको अस्तित्व बचाउन केन्द्रित हुनेछ ।
बिगतमा पनि धेरै क्षेत्रले पर्यावरण बचाउन बिभिन्न काम गरेका छन ती लगानी र प्रतिफलको समिक्षा कसरी गर्नु हुन्छ ?
विश्वका औधोगिक राष्ट्रहरु ठुलो मात्रामा पर्यावरण बिगार्ने गतिविधिहरु गरिरहेका छन् । उनीहरुलाई यो पनि थाहा छ कि हाम्रो कारणले विश्वभरका मानिसहरु प्राणिहरु, वनस्पति र पृथ्वीले सास्ती भोगिरहेको छ । यस बारेमा विश्वब्यापी छलफल, सभा, गोष्ठी, सम्मेलन आदि नभएका होईनन् । त्यसको निष्कर्ष पनि ठिकै निस्किने गरेको छ । जसले जति बिगारेको छ उसले त्यति नै सुधारमा लगानी गरोस, तर लगानीको प्रतिफल खोई? किन अपेक्षित सुधार आउन सकिरहेको छैन । कतै कार्यान्वयनमा ईमानदारिता नभएर पो हो कि? विश्व भरिका मानिसहरु माथी बिपत जोखिम निम्ताएर, सामान्य आर्थिक सहायता गरेर मात्रै उम्किने राष्ट्रहरुको मनोवृत्ति बदल्नुपर्छ कि पर्दैन? भएका गरिएका पहल प्रयत्नहरुको कमीकमजोरी खोजी गर्नपर्छ कि पर्दैन? थप पहल प्रयास गर्ने कि नगर्ने? आदि प्रश्नहरुको जवाफ उनीहरुले दिनु पर्ने कि नपर्ने? यो सामान्यतः मानवअधिकार र मानवतावादको प्रश्न पनि हो । शक्तिशाली र कमजोरहरु बिचको विभेदको कुरा पनि हो । अटेरी, आलटाल आदिको बारेमा आवाज उठाउं, उठाउनै पर्दछ, अन्यथा हाम्रो पृथ्वीको आयू धेरै हुने छैन र मान्छेको पनि ।
सिमित योगदान गर्न खोजेका साधन स्रोतहरु, त्यसको प्रतिफल पनि टाँठाबाठा र संभ्रान्तहरुले नै खपत गरिरहेको तथ्य हाम्रो अगाडी छर्लङ्ग छैन र? यस बारेमा हामी किन नबोल्ने? बोलौ । विभिन्न राष्ट्रिय ,अन्तराष्ट्रिय संस्थाहरु बनाएर परिणाम विहिन गतिविधिहरु गरिरहेका विषयमा सम्बन्धितहरुको आत्म समिक्षा र आत्मसात गर्नुपर्ने खांचो छैन र? समाजका तल्लो स्तरिय पिछडिएको क्षेत्रको समाज जो पर्यावरण रक्षार्थ लागी परेको छ, उसैको नाममा हुने चलखेल रोक्न र तल्लो वर्गलाई संबोधन गर्न ढिलाई नगरौं, संयुक्त राष्ट्र संघ एवं विश्वस्तरिय त्यस मातहतका संस्थाहरुका कागजी दस्तावेजहरु अति नै समृद्द छन् र ति बनिबनाउ छन् । केही योगदान पनि भएका छन् तथापी परिणाममा अपेक्षाकृत छैनन्, बनाउनुपर्यो भनेर समिक्षा नगर्ने ?
औधोगिक देशहरुले पर्यावरणमा जति क्षति पुर्याईरहेका छन्, उनीहरुले क्षतिपुर्ती नगन्य र हेपाहा प्रकारको छ । यसरी हेलचेक्राई नगर्न हामीले ति देशहरुलाई खबरदारी नगर्ने ? गर्नुपर्दछ । हुने र सकिने जति सुधार सहित पर्यावरणलाई कम क्षति पुग्ने गरि काम गर्न सुझाब दिनु पर्दछ । यसका लागी विश्व भरका मानिसहरुमा जागरण ल्याउन अभियानात्मक खबरदारी कार्यक्रमहरुको आवश्यकता पर्दछ । त्यसैले यो मानवताका लागी पृथ्वी बचाउ अभियान दौडका रुपमा संशारभर गर्न खोजिएको हो । अवधारणा हेरेर यो अभियान रोक्न वा सम्बन्धित ठूला औधोगिक राष्ट्रहरुमा अवरोध आउन पनि सक्दछ । तथापी हाम्रो अभियान आम जनतामा जागरण ल्याएर तिनै देशका जनताहरु बिच पनि पुर्याउं र त्यहाका सरकारहरुको चेत खुलोस भन्ने चाहन्छौं । कि त हामीले मानवता नै ध्वस्त पार्न सहमत बनौं, यसरी हामीले यो पवित्र उद्देश्य सहितको अभियानमा समिक्षा, छलफल ब्यापक पार्न जरुरी छ । समस्या लुकाएर होईन उजागार गरेर मात्रै समाधान निस्किन सक्छ, योगदान पुग्न सक्छ भन्नेमा यो अभियान विश्वास गर्दछ ।-केशव राज अर्याल
Add Comment