Home » Sample Page » अमेरिकामा विमानको इन्जिनमा आगलागी, यसरी बाँचे १७९ यात्रु
अन्तराष्ट्रिय

अमेरिकामा विमानको इन्जिनमा आगलागी, यसरी बाँचे १७९ यात्रु

वासिङ्गटन, अमेरिका । शनिबार अमेरिकन एयरलाइन्सको विमान एउटा ठुलो दुर्घटना हुनबाट जोगिएको छ । उड्नलाग्दा विमानको इन्जिनमा आगो लाग्यो र विमान उडेन । रनवेमै विमानबाट धुवाँ उडिरहेको देखियो र आपातकालिन सेवाको माध्यमले सबै विमानमा सवार यात्रुहरुलाई सुरक्षित रूपमा बाहिर निकालियो । विमानमा १७३ यात्रु र ६ जना चालक दलका सदस्य थिए ।

विमान डेन्भर अन्तर्राष्ट्रिय विमानस्थल (म्भ्ल्) को धावनमार्गमा थियो । विमानको बायाँ मुख्य ल्यान्डिङ गियरमा आगो लाग्यो, त्यसपछि आपतकालीन निकास निकालिएको थियो । यसको एउटा भिडियो पनि सार्वजनिक भएको छ जसमा मानिसहरू आत्तिएर छिटोछिटो विमानबाट बाहिर निस्किरहेका छन् । धुवाँको बीचमा मानिसहरू विमानबाट बाहिर निस्किरहेको देखिन्छ । मियामीका लागि उडान ब्ब्३०२३ को पाङ्ग्रामा आगो लागेको थाहा हुँदा पनि रनवेमै थियो । विमानको मुनिबाट धुवाँ निस्किरहेको देखेर, यात्रु र चालक दलका सदस्यहरूलाई आपतकालीन स्लाइडहरू मार्फत सुरक्षित रूपमा बाहिर निकालियो ।

अधिकारीहरूले एक जनालाई सामान्य चोटपटक लागेको बताएका छन् । अन्य सबै १७३ यात्रु र ६ जना चालक दलका सदस्यहरू सुरक्षित छन् । यद्यपि, विमानको पाङ्ग्रामा आगलागीको वास्तविक कारण अझै अनुसन्धान भइरहेको छ । स्थानीय समय अनुसार दिउँसो २ः४५ बजेतिर म्भ्ल् टोली र डेनभर अग्निशमन विभागले अमेरिकन एयरलाइन्सको विमानको पाङ्ग्राबाट आगो निस्किरहेको खबर पाएपछि यो घटना भएको थियो । आगलागीका कारण विमानलाई केही समयको लागि विमानस्थलमा नै ग्राउन्डेड गर्नुपरेको थियो ।

अमेरिकन एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ कि उडान भर्नुभन्दा ठीक अगाडि विमानको ल्यान्डिङ गियरमा यसको एउटा टायरमा “मर्मतसम्भार समस्या“ थियो । विज्ञप्तिमा थप भनिएको छ, “सबै यात्रु र चालक दल सुरक्षित रूपमा ओर्लिएका छन् र हाम्रो मर्मत टोलीले निरीक्षणको लागि विमानलाई सेवाबाट हटाएको छ ।”