काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६, बिपियामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार गएराति करिब १२:१५ बजे नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लुम्बिनी प्रदेश ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुवै जनाको उपचारका क्रममा तौलिहवा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुवैको सनाखत हुन बाँकी छ।
घटनापछि बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Add Comment