Home » Sample Page » पर्सामा १४० किलो गाँजा बरामद, कोही पक्राउ परेन
विविध

पर्सामा १४० किलो गाँजा बरामद, कोही पक्राउ परेन

काठमाडौं । पर्सामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। छिपरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा बरामद गरिएको हो।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बलको मिर्जापुरस्थित बीओपीको संयुक्त टोलीले खानतलासी गर्दा घाँसभित्र लुकाएर राखिएको १३ पोका गाँजा फेला पारेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट गाँजा बरामद भए पनि यस घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन्। बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रियाका लागि नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।