विराटनगरमा १० लाखभन्दा बढी मूल्यको भ्यान र पटका सशस्त्र प्रहरीको नियन्त्रणमा

विराटनगरमा १० लाखभन्दा बढी मूल्यको भ्यान र पटका सशस्त्र प्रहरीको नियन्त्रणमा

विराटनगर । भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको पटका र त्यसको ढुवानीमा प्रयोग गरिएको भ्यान मोरङको विराटनगरबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

मंसिर ७ गते सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको चेकपोइन्ट टोलीले विराटनगर महानगरपालिका–१५ स्थित ढाटमा भारतबाट नेपालतर्फ आउँदै गरेको मारुती सुजुकी भ्यानलाई शङ्का लागेर रोकी जाँच गरेको थियो।

जाँचका क्रममा भ्यानमा लुकाइछिपाइ ल्याइँदै गरेको ८० हजार रुपैयाँ बराबरको आतसबाजी (पटका) फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। पटका ढुवानीमा प्रयोग गरिएको भ्यानको मूल्य १० लाख रुपैयाँ रहेको छ।

प्रहरीले पटका र भ्यानसहित कुल १० लाख ८० हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply